×

NEPAL TIMES UPDATES

Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026
Playing
आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ? || Nepal Times
May 07, 2026
Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026

आज बजेटः वृद्ध भत्ता र कर्मचारीको तलब पक्का ! अरु के आउला ?

१५ जेष्ठ २०७६

काठमाडौं । ‘सुखी नेपाली, समृद्ध नेपाल’को महत्वकांक्षी नारा अघि सारेको केपी ओली नेतृत्वको सरकारले आज अपरान्ह ४ बजे आफ्नो दोश्रो बजेट सार्वजनिक गर्दैछ ।  २ बजे योजना आयोगको बैठकले बजेटका कार्यक्रम पास गर्नेछ । त्यस लगत्तै प्रधानमन्त्री ओली कै नेतृत्वमा बस्ने मन्त्रिपरिषद बैठकले बजेट, आर्थिक विधयेक लगायतका बिधेयकहरु पास गरेपछि ४ बजेट अर्थमन्त्री डा. युवाराज खतिवडाले संयुक्त सदनको बैठकमा पेश गर्नेछन् ।

चालु आर्थिक वर्षको बजेटले नागरिकमा उत्साह सञ्चार नगरेको आरोप खेपिरहेका केपी ओलीले यसपाली उदार भएर बजेट ल्याउने अड्कल गरिएको छ । १५ खर्ब आसपासको आकारमा आउने बजेटले वृद्ध भत्ता र कर्मचारीको तलब बढाउने कुरा पक्का जस्तै छ ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले नै वृद्ध भत्ता वृद्ध गर्ने घोषणा केहि दिन अघि नै गरिसकेका छन् । त्यस बाहेक यसपाली कर्मचारीहरुको तबल पनि पक्का वृद्धि हुनेछ । विगत ३ वर्षदेखि कर्मचारीको तलब वृद्धि भएको छैन् । ओलीले नै अघिल्लो कार्यकाल प्रधानमन्त्री हुँदा कर्मचारीको तलब वृद्धि गरेका थिए । उनले वृद्ध भत्ता समेत बढाईदिएका थिए । यसपाली फेरी ओलीकै काँधमा तलब र वृद्ध भत्ता बढाउने जिम्मेवारी आईपरेको छ ।  त्यस बाहेक बजेटमा के के नयाँ कार्यक्रम आउँछन्, त्यसको आंकलन मात्रै गर्न सकिन्छ ।

सांसदलाई पैसा
यद्यपी यसपाली स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमको रकमलाई ४ करोडबाट वृद्धि गरेर ५ करोड पुर्याइनेछ । स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमलाई सत्ता पक्षकै सांसदहरुले प्रतिष्ठाको बिषय बनाईरहेका छन् । उनीहरुले नेपाल जस्तो देशमा सांसदहरुलाई विकास निर्माणबाट अलग राख्नै नहुने बताउँदै आईरहेका छन् । यसमा प्रधानमन्त्री केपी ओली समेत कन्भिन्स भैसकेका छन् ।

बढ्दै राष्ट्रिय गौरव 
यसपाली राष्ट्रिय गौरवका आयोजनाहरुको संख्या केहि वृद्धि हुनेछ । मदन भण्डारी लोकमार्ग र सुनकोशी मरिन डाईभर्सन आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा समेट्ने तयारी भैरहेको छ । त्यस्तै, आयोजना पूर्व तयारी सम्पन्न गरिएका आयोजनाहरुलाई मात्रै बजेट दिनेगरि नयाँ व्यवस्था समेत यसपाली बजेटले अघि सार्नेछ ।

पुँजी र बीमा बजारमा नयाँ आशा 
पूँजी बजार र बीमा बजारका लागि पनि बजेटले केहि राहत दिने पूर्वानुमान गरिएको छ । पूँजी बजारमा ७.५ प्रतिशतको पूँजीगत लाभकरलाई नै अन्तिम करका रुपमा गणना गर्ने व्यवस्था आउन सक्ने बताईएको छ । त्यसो भएको खण्डमा सेयर बजारका लगानीकर्ताले सेयर बजारको प्रतिफल वापत ३० प्रतिशत आयकरबाट मुक्ति पाउनेछन् । त्यस्तै, बीमा क्षेत्रका लागि २५ हजार रुपैंयाँको कर छुट सम्बन्धी व्यवस्थालाई बढाएर ५० हजार पुर्याइने अपेक्षा गरिएको छ ।

बिग मर्जरको अपेक्षा 
बैंक तथा वित्तिय संस्थाहरुका सवालमा बिग मर्जरको सवाल महत्वपूर्ण रुपमा उठ्दै आईरहेको थियो । त्यसलाई सम्बोधन गर्न मर्जरमा जाने कम्पनीहरुका लागि कर छुटको अफर आउने सम्भावना पनि रहेको श्रोत बताउँछ । अर्थ मन्त्री डा. युवराज खतिवडाले पटक पटक बैंक तथा वित्तिय संस्थाहरुको संख्या धेरै भएको बताउँदै आएका छन् । उनले संख्या भन्दा पनि सामथ्र्यमा जोड दिनुपर्ने र त्यसका लागि बलिया संस्था आवश्यक रहेको बताईरहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पनि बिग मर्जरबारे अर्थमन्त्रीलाई केन्द्रिय बैंक सकारात्मक संकेत दिएको डेपुटी गभर्नर शिवराज श्रेष्ठले केहि दिन अघि बताएका थिए ।

उद्योगलाई के ? 
बजेटले व्यापार घाटा कम गर्नका लागि आन्तरिक बजारका आधारभूत वस्तुहरु आफैं उत्पादन गर्ने र त्यसका लागि स्वदेशी उद्योगहरुलाई बिशेष प्याकेज ल्याउने बताईएको छ । त्यसका लागि वत्ति, सडक, बजार, मूल्य, कर लगायतका बिषयमा सरकारले बिशेष योजना सार्वजनिक गर्नेछ ।

ठुला पूर्वाधार 
बजेटले निजगढ विमानस्थलमा आईसब्रेक गर्ने बताईएको छ । त्यस बाहेक बुढीगण्डकी जलविद्युत आयोजनाको अन्योलता समेत हटाउनेछ । पूर्व पश्चिम रेलमार्गका लागि पर्याप्त बजेट आउनेछ भने फास्ट ट्रयाकलाई गति दिने कुरा सुनिश्चित हुनेछ । त्यस बाहेक मेलम्ची, अपर तामाकोशी लगायतका अधुरा आयोजना यसपाली सम्पन्न गर्ने संकल्प बजेटमा पुनः दोहोरिनेछ ।

Advertisement

कृषि
कृषि क्षेत्रको आधुनिकीकरणका लागि प्रत्येक बर्ष महत्वपूर्ण योजना अघि सारिएको भएपनि कार्यान्वयनमा समस्या आईरहेका छन् । यसपाली कृषि क्षेत्रले समेत केहि नयाँ अफरको अपेक्षा गरिरहेको छ । ‘यसपालीको बजेटले केहि नयाँ गर्नेछ, ढिलासुस्तिका पुराना परम्परा तोडेर नयाँ ढंगले बजेट कार्यान्वयन गर्ने ठोस योजना ल्याउनेछ, जसले आम नागरिकलाई सुखी नेपाली, समृद्ध नेपालको सपना पुरा हुने आसा दिलाउनेछ’, अर्थमन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले भने ।विकासन्युज

Advertisement

भर्खरको समाचार

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

सम्बन्धित खबरहरु

Scroll to Top