×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

बजेटबारे कांग्रेसको धारणा

१७ जेष्ठ २०७६

१७ जेष्ठ, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सैद्धान्तिक अन्तरविरोधको जगमा बजेट आएको प्रतिक्रिया दिएको छ ।

Advertisement
Advertisement

कम्युनिष्ट दर्शनको शास्त्रिय मनोविज्ञान र लोकतान्त्रिक संविधानको वस्तुगत यथार्थताबीच हिड्दै आफ्नै भनाईलाई खण्डित गर्ने गरि सरकारले बजेट ल्याएको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले लिएको अर्थनीति गलत छ भनेर जनतामा जाने सरकारले कांग्रेसले अबलम्बन गरेकै नीतिमा रंग भरेर केही लोकप्रिय कार्यक्रम थपेर बजेट ल्याएको दाबी कांग्रेसले गरेको छ । काग्रेसले शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरि बजेट माथिको औपचारिक धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले लोकरिझईका पुरानै कार्यक्रम ल्याईएको र अघिल्लो बर्षकै बजेटको अन्यौलतालाई कपिपेस्ट गर्ने काम भएको बताए ।

नविन कार्यक्रम, दुरगामी लक्षहरु र जोखिम मोल्न सक्ने क्षमताको दुई तिहाईको सरकारको आँट बजेटमा नदिएको टिप्पणी कांग्रेसले गरेको छ । निर्वाचनका बेला तात्कालिन दुई कम्युनिष्ट पार्टीले जनतालाई बाँडेको सपना र बजेटको यथार्थता भिन्न भएको भन्दै कांग्रेसले ५ बर्षमा सपनाको १० प्रतिशत मात्रै पनि लक्ष्य प्राप्ती हुने संकेत र संभावना बजेटमा नदेखिएको टिप्पाणी गरेको छ ।

प्रवक्ता शर्माले भने “पहिलो पाईला टेक्दै गर्दा डगमगाएर टेक्यो भने दोश्रो पाईलाको असन्तुलन त अनुमान गर्न सकिहालिन्छ । गएको सालको आर्थिक बर्षको बजेटलाई पहिलो पाईला मान्ने हो भने, त्यही पहिलो पाईलाले छोडेको अलमल, अलपत्र योजना र पुरानै अधुरा सपनाहरुको भारी दोश्रो बर्षको बेजेटलाई बोकाईएको छ । र परिणाम पनि कपि पेष्ट ढंगले नै शैलीमा आउने छैन भनेर भन्न सक्ने अवस्था छैन । ”

कांग्रेसले तलब वृद्धिलाई सितल मिठाईको संज्ञा दिएको छ । लोकप्रियता रोज्ने कि लोकहित खोज्ने भन्ने सन्र्दभमा सरकारले भिन्न ढंगले बजेटमा शक्तिशाली सरकारको क्षमता प्रस्तुत गर्न नसकेको टिप्पणी कांग्रेसले गरेको छ । कार्ययोजना, दृष्टिकोण, इच्छाशक्ति र संरचनागत सुधारका विषय विना नै आयश्रोत र क्षमताको वृद्धि नगरिकन बजेटको आकार बढाईएकाले त्यसले अपेक्षित परिणाम नदिने निष्कर्ष कांग्रेसले निकालेको छ । स्थिर सरकार भए पनि परिणामुखी लक्ष्यमा समर्पित गर्ने अवसर बाट सरकारले गुमाएको भन्दै बजेटले सम्मुन्नत अर्थतन्त्र तर्फ मुलुकलाई डोर्याउन नसक्ने दाबी कांग्रेसले गरेको छ । प्रशासनिक खर्चको आकार घटाउदै जाने, पूँजीगत बजेट बढाउदै जाने र खर्च गर्ने क्षमतालाई वृद्धि गर्दै लैजाने ढंगको बजेट सन्तुलनको प्रकृति अबलम्बन गर्न नसकेको तथा सार्वजनिक खर्च पुनरावलोकन आयोगले सुझाएका विषयमा सरकार गम्भीर हुन नसकेको आरोप कांग्रेसले लगाएको छ । विकास खर्चका लागि विदेशी र स्वदेशी ऋणको जोहो गर्नुपर्ने जोखिमपुर्ण अवस्थामा बजेट आएको उसको निष्कर्ष छ ।
गत बर्षको बजेटमा ल्याईएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावशुन्य भएको, उच्च शिक्षा हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याज अदनुदनामा ७ लाख सम्म ऋण उपलब्ध गराई व्यवसायी बनाउने भनिए पनि त्यसको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको कांग्रेसले दाबी गरेको छ । कांग्रेसले अघिल्लो बर्षका कार्यक्रम कार्यान्वयनको वस्तुगत समिक्षा गरि त्यसमा सुधार गर्ने कार्यक्रम बजेटमा नल्याईएको जनाएको छ । बजेट घोषणा गर्दै गर्दा सरकार स्वंमले मुल्यवृद्धिलाई स्वीकार गरेको ,शोधानान्तर घाटा न्युन गर्दै लैजान चुकेको , व्यापार घाटा न्युन गर्नु भन्दा आलुचिप्स र केराउमा केन्द्रीत भएको टिप्पणी कांग्रेले गरेको छ । कांग्रेसले विकास कार्यमा सांसदलाई समावेश गर्न नसकेको तथा संघियतालाई सफल बनाउने मनोविज्ञानमा बजेट केन्द्रीत हुन नसक्ने बताएको छ ।

पत्रकार सम्मेलनमा कांग्रेसको छाया सरकारका अर्थमन्त्री डाक्टर मिनेन्द्र रिजालले कार्यान्वयन गर्ने तयारी विना मिठाई चटाउने शैलीमा सरकारले बजेट ल्याएको बताए । उनले भने “ सरकार मिठाई चटाउनेमा छ । विपि कोइराला र गिरिजाप्रसाद कोइराला नाम भनेपछि कांग्रेस पनि शान्त हुन्छ कि भन्ने चिन्ताले बोल्या हो । सरकारले नगर्नुपर्ने काम बजेटमा लेख्या छ भन्या होइन । गर्नुपर्ने काम लेख्या छ तर गुर्नपर्ने काम गर्न सक्ने क्षमता छैन । आखा चिम्लेर कहा कहा पुग्नुपर्ने हो भनेर सपना लेख्ने भन्या होइन बजेट भन्या । बजेट भन्या बलियो कार्यान्वयनको तागत त्यस किसिमको तयारीका साथ बजेट आउने हो । कार्यान्वयनको तयारी छैन । अनि गर्छु भन्दा त्यो बजेट हुन्न । त्यो त जसले पनि गर्न सक्छ । अर्थमन्त्री किन चाहियो ? सरकार किन चाहियो ? संसद किन चाहियो ? राजनीतिक पार्टी किन चाहियो ? बजेट आउने प्रक्रिया किन चाहियो ? अनि लेख्यो भन्ने वित्तिकै लेखेकै छ नभन्नु न । त्यो त मिठाई बाड्या कुरा हो । त्यो बजेट होइन । ”

Advertisement
Advertisement

पुर्वाधारमा लगानी बढे पनि कालोपत्रेकै आँकडा नै गलत भएको, गत बर्ष दशककै सबै भन्दा बढी भ्रष्टाचार भएको भन्दै कांग्रेसले अघिल्लो बर्षका कमजोरीलाई सच्याएर शुसासनको क्षेत्रमा गम्भीर बन्न सरकारलाई सुझाव दिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top