प्रदेश १ मा ११ प्रतिशत बेरोजगारी

प्रदेश नम्बर १ मा बेरोजगारी दर ११ दशमलब २ प्रतिशत रहेको पाइएको छ । केन्द्रीय तथ्याङक विभाग, तथ्याङक कार्यालय मोरङले आयोजना गरेको नेपाल श्रम शक्ति सर्वेक्षणको तेस्रो स्थलगत तथ्याङ्कले यस्तो अवस्था देखाएको हो ।

प्रदेश नम्बर १ मा बेरोजगारी दर ११ दशमलब २ प्रतिशत रहेको छ भने पुरुषको १० दशमलब ८ प्रतिशत र महिलाको ११ दशमलब ९ प्रतिशत बेरोजगारी दर रहेको केन्द्रीय तथ्याङक विभाग घरपरिवार सर्वेक्षण शाखाका निर्देशक देवेन्द्रलाल कारञ्जितले बताए । यस्तै प्रदेश १ मा श्रम शक्तिमा सहभागिता दर जम्मा ३७ दशमलब ८ प्रतिशत रहेकोमा पुरुष ५२ दशमलब ७ प्रतिशत र महिला २५ दशमलब ६ प्रतिशत रहेको कारञ्जितले जानकारी दिए । रोजगारीमा रहेको जनसंख्यालाई प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी ४३ दशमलब ८ प्रतिशत प्रदेश नम्बर ३ मा र सबैभन्दा कम २४ दशमलब १ प्रतिशत सुदुरपश्चिम प्रदेशमा रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । यस्तै बेरोजगारी दरलाई प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी प्रदेश नम्बर २ मा २० दशमलब १ प्रतिशत र सबैभन्दा कम प्रदेश नम्बर ३ मा ७ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । यसैगरी नेपालमा सबैभन्दा बढी व्यक्तिहरु कृषि, वन र माछापालन , थोक तथा खुद्रा विक्री , मोटरगाडी तथा मोटरसाइकल मर्मत सम्भार , उद्योग निर्माण र शिक्षामा रोजगारी भएको तथ्याङक प्रस्तुत गरिएको थियो ।

नेपालमा १५ बर्ष बढी उमेरका व्यक्तिहरुको जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेको छ । जसमा काम गर्ने उमेरको जनसंख्या ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा रहेका छन् । नेपाल श्रमशक्ति सर्वेक्षणले २०७४ असार देखि २०७५ जेठसम्मको स्थलगत तथ्याङ्कले माथिको अवस्था देखाएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top