सगरमाथाको फेदीमा सेवा पुर्याउन टेलिकमलाई मुख्यमन्त्री राईको आग्रह

२४,जेठ, विराटनगर
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सगरमाथा, मकालु र कञ्जनजंघा हिमालको फेदीसम्ममा आफ्नो सेवा विस्तार गर्न नेपाल टेलिकमलाई आग्रह गरेका छन ।

Advertisement

नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठन क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री राईले संस्थानले सेवाग्राहीप्रति उत्तरदायि भई संस्थाभित्रको विसंगति विकृति हटाई सुशासन कायम गरी सेवा प्रभाव गर्नुपर्नेमा समेत जोड दिए ।उनले जनतालाई विश्वको नविन प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न आग्रह समेत गरेका छन । उनले नेपाल दूर सञ्चार संस्थानले दुर्गम क्षेत्रका जनतामा सेवा पु¥याउने पर्नेमा जोड दिए ।अहिलेको समय भनेको प्रतिस्पर्धाको रहेकाले प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमले ध्यान दिनुपर्नेमा मुख्यमन्त्रीले जोड दिए ।

मुख्यमन्त्री राईले संघ, प्रदेश र स्थानीय तहको एउटै लक्ष्य देश विकास गरी समृद्ध नेपाल खुशी नेपालीको नारालाई सफल पार्न सहकार्य र हातेमालो गरी हिडनु आजको आवश्यकता भएको विचार व्यक्त गरे । कार्यक्रममा क्षेत्रीय एकता अधिवेशनका संयोजक आनन्द पौडेल, क्षेत्रीय निर्देशक अमरनाथ झा लगायतले फोर जी सेवा लगायत अन्य नविनतम प्रविधिको प्रयोग गरी अन्य प्रतिस्पर्धी सञ्चार सेवाप्रदायक भन्दा संस्था अव्वल वनाउने कार्यमा कर्मचारीहरुले कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । एकता अधिवेशनले नयाँ कार्यसमतिको चयन गर्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top