घरेलु तथा साना उद्योगको विकासमा सरकारको विशेष ध्यानाकर्षण : मातृकाप्रसाद यादव

घरेलु तथा साना उद्योगको विकासमा सरकारको विशेष ध्यानाकर्षण : मातृकाप्रसाद यादव

२४ जेष्ठ, २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको बताएका छन् ।

मन्त्री यादवले घरेलु तथा साना उद्योगको संरक्षणका लागि सरकारले ५ करोडभन्दा बढि लगानी भएको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउने नीति लिएको पनि स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित ‘उत्कृष्ट महिला उद्यमी सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई साकार पार्न पनि उद्योग क्षेत्रको विकासलाई जोड दिनु परेको स्पष्ट पारे ।

मन्त्री यादवले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन घरेलु तथा साना उद्यमीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.