स्पेनसँग स्वीडेन पराजित, रामोसले बनाए कीर्तिमान

स्पेनसँग स्वीडेन पराजित, रामोसले बनाए कीर्तिमान

युरोकप फुटबल २०२० को छनौट अन्तर्गत सोमबार राति भएको खेलमा स्पेनले स्वीडेनलाई ३-० ले पराजित गरेको छ।

समूह एफ अन्तर्गतको खेलमा स्पेनले स्वीडेनलाई पराजित गरेको हो ।

स्पेनले तीनै गोल दोस्रो हाफमा गरेको हो जसमध्ये दुई गोल पेनाल्टी मार्फत भएका हुन् । स्पेनले पहिलो अग्रता खेलको ६४ औँ मिनेटमा पेनाल्टीमार्फत लिएको थियो। सो गोल सर्जियो रामोसले गरेका थिए ।

यसेगरी दोश्रो गोल पनि ८५ औँ मिनेटमा पाएको पेनाल्टी मार्फत नै भयो। सो पेनाल्टी अल्भारो मोराटाले प्रहार गरेका थिए ।

त्यसको दुई मिनेटपछि मिकेल ओयार्जाबालले स्पेनका लागि तेश्रो गोल गरे । स्पेनको यो जितसँगै रामोस अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल जित्ने खेलाडी बनेका छन् । उनले स्पेनबाट १२३ खेल जितेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.