विज्ञापन खारेज गर्न लोक सेवा आयोगलाई ‘राष्ट्रिय जनता पार्टी ,नेपाल’को दवाव

विज्ञापन खारेज गर्न लोक सेवा आयोगलाई ‘राष्ट्रिय जनता पार्टी ,नेपाल’को दवाव

२९ जेष्ठ, २०७६

राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि खुलाइएको विज्ञापन तत्काल खारेज गर्न लोक सेवा आयोगलाई दवाव दिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिलकुमार झाले सो विज्ञापन तत्काल खारेज गर्न लोक सेवा आयोगसँग पनि आग्रह गर्नु भएको हो । सो विज्ञापन खारेज नगरे त्यसले सरकार, देश, व्यवस्था र मुलुकको अवस्था कसैलाई पनि फाईदा नगर्ने उनको भनाई छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समावेशी सिद्धान्तमा आधारित रहेर सो विज्ञापन पुनः खुलाउने आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । नेता झाले संविधानले जनजाति, दलित, मधेशी, महिला, पीछडिएका क्षेत्रलाई आरक्षणको व्यवस्था गरेपनि त्यस अनुसार सो विज्ञापन नखुलाइएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको पनि स्पष्ट पारे ।

नेता झाले सरकारले राज्य व्यवस्था तथा सुशासन समिलिते दिएको अनुसार सो विज्ञापन खारेज गर्न पहल नगरेर बाल हठ देखाएको आरोप पनि लगाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.