×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

७ दिन भित्र डेंगु नियन्त्रण गर्न प्रदेश सरकारको निर्देशन

२९ जेष्ठ २०७६

२९ जेठ, विराटनगर । देश १ का मोरङ सुनसरीमा डेंगु फैलिए पछि प्रदेश १ सरकारले ७ दिन भित्र नियन्त्रण गर्न सम्बन्धीत सरोकारवालालाई निर्देशन दिएको छ । सुनसरी जिल्लामा डेगु प्रकोपको रुपमा फैलिएको र अन्य जिल्लामा पनि डेगुका संक्रमित फेला परेपछि बुधबार प्रदेश स्तरीय सरोकारवालाहरुको बैठकमा बोल्दै सामाजिक विकास मन्त्री जिवन घिमिरेले नियन्त्रण गर्न निर्देशन दिएका हुन्  ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ सरकार डेगुलाई पूर्ण रुपमा नियन्त्रण गर्न कठिबद्ध भएको बताउदै बिहिबारदेखि ७ भित्रमा स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर १ का भोगेन्द्र डोटेलको नेतृत्वमा झापा, मोरङ र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर डेगु नियन्त्रण गर्न सरोकारवालाहरुलाई निर्देशन दिए । उनले दैनिक भएको प्रगति प्रमुख जिल्ला अधिकारी र प्रमुख सचिवलाई जानकारी गराउन पनि आग्रह गरेका छन । उनले सचेतनाका कार्यक्रमलाई व्यापक रुपमा अगाडि बढाउन र बजेट व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने पनि बताएका छन्  ।

Advertisement
Advertisement

Advertisement

कार्यक्रममा बोल्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक उपनिर्देशक डाक्टर विकास साहले अहिलेसम्म ४ सय जनामा डेगुको संक्रमण भेट्टिएको जानकारी दिदै दैनिक रुपमा ३० जना डेगु संक्रमित प्रतिष्ठानमा आउने गरेको बताए । विशेष गरी डेंगुको लामखुट्टे सफा र जमेको पानीमा रहने गर्छ र यसले दिउसो मात्र टोक्ने गर्दछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top