×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026

अलोकतान्त्रिक शक्तिको वहकाउमा नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

३ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक शक्तिको वहकाउमा नलाग्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विगतमा पटक पटक लडेर ल्याएको लोकतन्त्रलाई भड्काउने र विथोल्ने काम भएको स्मरण गराउदै फेरी पनि भड्काउमा नपर्न कांग्रेसलाई सचेत गराएका हुन् ।

उनले भने, “राजनीति शक्तिहरुलाई म आग्रह गर्न चाहन्छु । पटक पटक जनताका अधिकार दरबार बुझाईएका इतिहास छन् । आवेश, उत्तेजना र भावनामा बगेर नदोहोर्याउ । ”

ठुलो बलिदानी र लडाई संघर्ष गरेर प्राप्त गरेको सफलता र आन्दोलनबाटै आएको नेतृत्व सरकारमा रहेको भन्दै उनले लोकतन्त्रको पछाडि बसेर उत्तेजित पार्न खोज्ने तत्वबाट सजग हुन आग्रह गरे । उनले लोकतन्त्रका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी भएको र त्यो शक्ति लोकतन्त्रलाई विथोल्न लागि परेको बताए । उनले लोकतान्त्रिक शक्ति नै अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दीमा परेको देख्दा आफुलाई आश्चर्य लागेको बताए ।

उनले भने, “लोकतन्त्रका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी स्पष्ट ढंंगले देखिएको छ । घोर दक्षिणदेखि घोर वामपन्थी तत्वहरु समेत एकजुट भएका छन् । जुन कुराप्रति सजग हुनुपर्ने लोकतान्त्रिक शक्तिहरु नै लोकतन्त्रलाई विथोल्न अग्रसर भएको देख्दा आश्चर्य चकित लागेको छ । ”

मतभेदहरु छलफल गर्न सरकार सधै तयार भएको भन्दै उनले साना तिना विषयमा माईतिघर मण्डला पुग्ने प्रवृति त्यागेर जनताले प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्ने काममा ध्यान केन्द्रीत गर्न सबैलाई आव्हान गरे ।

उनले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको भन्दै सरकार राष्ट्रिय हित र स्वभिमानप्रति दृढ रहेको बताए । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको पार्टी लोकतन्त्र र लोकतान्त्रिक प्रणालीप्रति प्रतिवद्ध रहनुको साथै प्रेस स्वतन्त्रता, मानवअधिकार प्रति प्रतिवद्ध रहदै बहुआयामिक पक्षमा ध्यान दिएर अघि बढिरहेको स्पष्ट पारे । सामाजिक न्याय र समानतामा जोड दिँदै शान्ति , स्थिरता र स्थायित्वको पक्षमा सरकार रहेको उनले उल्लेख गरे ।
उनले सम्मृद्धिको कामलाई सरकारले अघि बढाउने भयो भनेर केही तत्वहरु आत्तिएको उल्लेख पनि गरे ।

संसद अवरोधबारे
उनले कांग्रेसले संसदमा अत्यन्तै असंसदीय, अमर्यादित व्यवहार देखाएको आरोप लगाए । संसदीय प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बेला संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोण,निर्णयहरु र गतिविधिबारे जानकारी गराउने अन्तराष्टिय अभ्यास रहेको भन्दै उहाँले कांग्रेसले त्यसमा अवरोध पुर्याएर अमर्यादित काम गरेको टिप्पणी गरे ।

उनले भने, “प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले लिएको समय भन्दा पहिले आफुले बोल्नुपर्छ भन्ने कुरा लोकतन्त्रमा कही पनि हुदैन । तर आश्चर्य लाग्दो कुरा आज प्रधानमन्त्रीका लागि तय भएको समयमा आफुले बोल्न पाउनुपर्छ भनेर वेलमा गएर संसदको कारवाहीलाई अवरोध गरियो । लोकतान्त्रिक अभ्यासमा पहिला प्रधानमन्त्रीले, त्यसपछि विपक्षी दलका नेताले र त्यसपछि वरिताक्रममा बोलने प्रचलन अन्तराष्ट्रिय हो ।”

उनले ‘हरेक कुरामा निहुँ खोज्ने तरिकाबाट कांग्रेस अघि बढीरहेको र त्यसको नेतृत्व स्वयम दलका नेता शेर बहादुर देउवा जी गरेको देख्दा’ आफुलाई आश्चय चकित बनाएको प्रतिक्रिया दिए ।

गुठी विधेयक बारे
उनले गुठी विधेयकका सम्बन्धमा उल्टो र भ्रमपुर्ण कुराहरुको प्रचार गरिएको बताए । आफु देश बाहिर भएको बेला गुठी सम्बन्धी विधेयकलाई लिएर तनाब फैलाउने काम भएको टिप्पणी गरे । गुठीलाई व्यवस्थित पार्ने सम्बन्धमा विभिन्न समयमा प्रयास गरिएको भएपनि अहिले सम्म सही ढंगले व्यवस्थापन गर्न नसकिएकाले विधेयकमाफर्त प्राधिकरणको रुपमा लैजानका लागि सरकारले प्रयास गरेको उनले स्पष्ट पारे । विधेयकका बारेमा भ्रमपुर्ण वातावरण श्रृजना गरेर त्यसभित्र लोकतन्त्र विरोधी शक्तिहरु घुसेर लोकतन्त्रका जरा काट्ने कैंचीहरु देखिएपछि विभागिय मन्त्रीले विधेयक फिर्ता लिने निर्णय गरेको भन्दै उनले सो निर्णयको समर्थन गरे ।

प्रधानमन्त्री ओलीले नेपाली भाषा, सभ्यता ,शैली र संस्कृतिका विषयमा संवेदनशिल हुन संचार क्षेत्रलाई आग्रह गरेका छन् ।

उनले भने, “संचार क्षेत्र संक्रमणकालिन अवस्थामा छ । सामाजिक मुल्य, मान्यता, मर्यादा, भाषा हेर्ने हो भने हाम्रो टेलिभिजनले तपाई भन्न कसैलाई नै जान्दैन । तपाई भन्ने शब्द नै हराईसक्यो । ”

युरोप भ्रमणबारे
पत्रकार सम्मेलनमा उनले आफ्नो युरोप भ्रमण र सो क्रममा भएका दुईपक्षीय भेटका बारेमा स्पष्ट पारेका थिए । भ्रमणले ती मुलुकसंगको नेपालको सम्बन्धलाई अघि बढाउने काम भएको उनले दाबी गरे ।

भर्खरको समाचार

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सम्बन्धित खबरहरु

Scroll to Top