काेपा अमेरिका : कतारलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

काेपा अमेरिका : कतारलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

एजेन्सी, असार ९
अर्जेन्टिना जारी कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आईतबार राती भएको समूह चरणको अन्तिम खेलमा कतारलाई २–० ले पराजित गर्दा अर्जेन्टिनाले समूह उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको हो ।

खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गरेका थिए । दोस्रो हाफको ८२ औं मिनेटमा सर्जियो अगुएरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दो अर्जेन्टिनाको जित पक्का गरे ।

समूहको अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १–० ले हरायो । लगातार तेस्रो जित दर्ता गरेको कोलोम्बिया अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । ३ खेलमा ४ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहँदा २ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा छ भने कतार पुछारमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.