श्रम मुलुक जाने नेपालीलाई ‘एनओसी’ अनिवार्य

९ असार ७६, सोमबार
Share this
701shares

काठमाडौं : छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले अतिरिक्त कागजपत्र पनि बुझाउनुपर्ने भएको छ। भारतीय अध्यागमन पार गर्नका लागि दिल्लीस्थित नेपाली दूतावासको सिफारिसपत्र (नो अब्जेक्सन सर्टिफिकेट) अनिवार्य गरिएको छ।

Advertisement

भारतीय अध्यागमन हुँदै साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाने नेपालीका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अनिवार्य गरिएको दूतावासले जनाएको छ।

एनओसी लिन भारत हुँदै यी मुलुक जानुपर्ने कारणसहित सम्बन्धित व्यक्तिको हस्ताक्षर भएको निवेदनपत्र, यात्रा गर्ने व्यक्तिको राहदानी र राहदानीको प्रतिलिपि, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि बुझाउनुपर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Advertisement

त्यसै गरी रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृतिको प्रतिलिपि, यसअघि भारतबाहेक तेस्रो मुलुकको भ्रमण गरेको भएमा यात्रा अभिलेखको प्रतिलिपि आवश्यक हुने बताइएको छ।, यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top