NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

विराटनगर महानगरले पत्रकारलाई दिएको पुरस्कार विवादमा, महासंघ र पत्रकारबीच आरोप प्रत्यारोप

मङ्लबार असार १० , २०७६
Reading Time: 1 min read
A A
विराटनगर महानगरले पत्रकारलाई दिएको पुरस्कार विवादमा, महासंघ र पत्रकारबीच आरोप प्रत्यारोप
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले चौथो नगरसभाका अवसरमा विराटनगरमा सक्रिय पत्रकारलाई प्रदान गरेको पुरस्कार विवादमा परेको छ ।

महानगरपालिकाले विना आधार ११ जना पत्रकारहरुलाई सम्मान गरेको प्रति पत्रकार महासंघ मोरङ शाखाले आपत्ति जनाएपछि महानगरको पुरस्कार विवादमा परेको हो । महासंघले निश्चित कार्यविधि विनै पत्रकार र गैरपत्रकारलाई निर्णायक तहमा भएकै कारण खुसी पार्ने काममा बक्सिस दिएजस्तो पुरस्कार वितरण गरेको भन्दै विज्ञप्ति मार्फत आपत्ति जनाएको छ । पत्रकारको निर्णायक भुमिका भन्दा बाहिरका पुरस्कार लिन बन्द गर्नेगरी आचारसंहिता निर्माण गनुपर्ने बहस चलिरहेका बेला स्वयं ब्यक्तिले पनि सम्मानको अनुभुति गर्न नसक्नेगरी प्रदान गरिएको पुरस्कारले थप बहसको अवस्था सिर्जना गरेको महासंघको विज्ञप्ति मार्फत ठहर गरेको छ ।

महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल सचिव अर्जुन आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘ के कति कारण र अवस्थामा आज हाम्रा पत्रकार साथी र गैरपत्रकार गरी ११ जना रातारात सम्मान तथा पुरस्कारका हकदार भए ? निर्णायक तहमा भएकै आधारमा आफुखुसी गोजीको सम्पत्तिझैँ निगाहा र बक्सिस दिएजस्तो पत्रकार खुसी पार्ने नाममा मिती २०७६ असार १० गते विराटनगर महानगरपालिकाको तर्फबाट दिएको पुरस्कार भद्धा र नाटक मात्र भएको हाम्रो ठहर छ ।’ महासंघले पत्रकार महासंघजस्तो गौरवशाली संस्थाको तेजोबध गर्ने षड्यन्त्रकोरुपमा केही व्यक्तिको इशारामा अपारदर्शी रुपमा पुरस्कार वितरण गरेको भन्दै भत्सर्ना पनि गरेको छ । महानगरपालिकाले मंगलबार नगरसभामा ११ जना पत्रकारलाई जनही १५ हजारका दरले पुरस्कार प्रदान गरेको छ । महानगरले पत्रकार विनोद सुवेदी, यज्ञ अधिकारी, अनिल श्रेष्ठ, हरि अधिकारी, धीरज दाहाल, प्रेम देवान, गोपाल पोखरेल, व्रम्हदेव यादव, निर्मल ढुंगाना, सुशीला पाठक र सत्यनारायण शर्मालाई नगदसहित सम्मान गरेको हो ।महासंघको विज्ञप्तिमा पुरस्कार पाउनेमा गैरपत्रकार भनेर उल्लेख गरेपनि नाम भने उल्लेख गरिएको छैन । महानगरको सम्मान र महासंघको विज्ञप्तिपछि सामाजिक संजालमा भने पक्ष विपक्षमा वहस सुरु भएको छ ।

LS Auto

पुरस्कार पाउनेहरुले पनि निकाले विज्ञप्ति
महानगरको पुरस्कार र सम्मानपछि महासंघका तर्फबाट सम्मानको कडा शब्दमा र्भत्सना गरेपछि पुरस्कार प्राप्त गर्ने पत्रकारहरुले पनि विज्ञप्ति जारी गर्दे महासंघको विज्ञप्तिको विरोध गरेका छन्  । पुरस्कार पाएका मध्ये ७ जनाको मात्रै हस्ताक्षर रहेको विज्ञप्तिमा महासंघको अधिनायकवादी रवैयाप्रति घोर आपत्ति र खेद छ भनिएको छ । विज्ञप्तिमा स्वयम महासंघले महानगरबाट ५ लाख रुपैया लिएको उल्लेख गरिएको छ । महासंघ अध्यक्षले सुरुमा तस्वीरसहित सामाजिक संजालमा बधाई दिएको तर क्षणभरमै छेपारोले रङ फेरेझै विज्ञप्ति मार्फत आएको अध्यक्षको अभिब्यक्तिप्रति विज्ञप्तिमार्फत घोर विरोध गरिएको छ । विज्ञप्तिमा महानगरबाट ११ जना श्रमजीवि पत्रकार सम्मानित हुदा अध्यक्ष र सचिवको किन टाउको दुख्यो भनी प्रश्न समेत गरिएको छ । महासंघको विज्ञप्ति पत्रकार महासंघको आधिकारिक धारणा नभई अध्यक्ष र सचिवको मात्रै नाटक मञ्चन भएको पत्रकारहरुद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा विनोद सुवेदी, यज्ञ अधिकारी, धीरज दाहाल, गोपाल पोखरेल, व्रम्हदेव यादव, निर्मल ढुंगाना र सुशीला पाठकको हस्ताक्षर रहेको छ । सम्मानित भएर विज्ञप्ति निकाल्नेहरुमा पाठक भने मोरङ शाखाकी उपाध्यक्ष हुन्  ।

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.