×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

नेपालमा सवा ४ लाख लागुऔषध दुव्र्यसनी, नशालु पदार्थ खरिदमा विदेशिन्छ वर्षेनि झण्डै २० अर्ब

११ असार २०७६

११ असार, काठमाडौँ ।

नेपालमा अबैध लागु औषध प्रयोग प्रयोगकर्ताको संख्या सवा ४ लाख रहेको तथ्य सार्वजनिक भएको छ । लागुऔषध दुव्र्यसनी न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको नार्कोनन नेपालका अनुसार लागुऔषध दुव्र्यसनीहरुले नशालु पदार्थ खरिद गर्न वर्षेनि अर्बौँ खर्च गर्ने गरेका छन् । नार्कोनन् नेपालका अनुसार नशालु पदार्थ खरिद गर्दा वर्षेनि १५ देखि २० अर्ब रुपैयाँ विदेशिने गरेको छ ।

Advertisement
Advertisement

लागु औषध प्रयोगकर्ता मध्ये ७२ प्रतिशत १८ वर्ष कम उमेरका बालबालिका रहेको नार्कोनन नेपालले जनाएको छ । लागुऔषधका कारोबारी स्कूल कलेज मै पुग्ने गरेका छन् । काठमाडौँ उपत्यकामा मात्र दैनिक करोडको कारोबार हुने गरेको सुरक्षा निकायको आँकलन रहेको छ । काठमाडौँमा मात्र ६० हजारको संख्यामा दुव्र्यसनी छन् । धेरैले प्रयोग गर्ने लागु औषध डाइजेल्याब, नुफिन र फेनारगन हुन्, जुन एक सेट कै १ हजार रुपैयाँ पर्छ ।

नार्कोनन् नेपालका संस्थापक पूर्व एसएसपी बसन्तराज कुँवरका एकजना लागु औषध प्रयोगकर्ताले दैनिक न्यूनतम ५०० देखि १५ सयसम्म खर्च गर्छन् । उनका अनुसार १ जना लागु औषध प्रयोगकर्ताले वर्षेनी ५ लाखसम्म खर्च गर्ने गरेका छन् । नेपाल सरकारको तथ्याङ्क अनुसार नेपालमा लागु औषध प्रयोगकर्ताको संख्या ९४ हजार छ, तर यो संख्या प्रहरी कार्यालयमा परेको केश मात्रै हो, त्यसकारण केश नपरेका तर लागु औषध सेवनको कुलतमा फसेकाहरुको संख्या सवा ४ लाख छ–उनले भने ।

लागु औषधको कुलतमा फसेका मध्ये २ लाख २५ हजार त चाहेरपनि कुलत छाड्नै नसक्ने अवस्थाका छन्, बाँकी २ लाख प्रयोगकर्ता चाँही पहिलो चरणका छन्, तिनलाई कुलतबाट छुटाउन सकिन्छ । हरेक वर्ष २४ हजार लागु औषध प्रयोगकर्ता थपिने गरेको नार्कोनन नेपालले जनाएको छ । नार्कोनन नेपालका अनुसार नेपालमा हाल १६४ वटा सुधार केन्द्र छन् । ती सुधार केन्द्रबाट ११ सयले सेवा लिइरहेका छन् ।

उपचारमा एकजनाको लागि मासिक ४० हजार खर्च
लागुऔषध दुव्र्यसनीलाई सुधार गृहमा राख्दा महिनाको ४० हजार खर्च हुने गरेको छ । गृह मन्त्रालयको निर्देशिका अनुसार दाल भात खुवाउन र डाक्टरको उपचारको लागि यो रकम तोकिएको हो । यस्तै एुउटा सुधार केन्द्र खोल्न ३० जना लागु औषध प्रयोगकर्ता हुनैपर्ने निर्देशिकामा उल्लेख छ ।

के गर्दैछ सरकार ?
लागु औषधको कुलतमा फसेकाहरुको जिम्मेवारी अन्य देशमा सरकारले लिने गरेको छ । नेपालमा भने सरकारले यसमा खासै वास्ता गरेको पाइदैन । अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको दिन बक्तृत्वकला प्रतियोगिता, र्याली जस्ता कार्यक्रम गर्दै आएपनि सरकारले त्यो भन्दा माथि उठेर अझैपनि सोचेको छैन ।

कसरी गर्न सकिन्छ न्यूनीकरण ?
लागु औषधको बेचबिखन र प्रयोगमा न्युनिकरण गर्नका लागि मुख्य ध्यान दिनु पर्ने अभियन्ता नार्कोनन् नेपालका संस्थापक कुँबर बताउँछन् । उनी भन्छन्–‘यसको लागि सर्वप्रथम कहिलेपनि लागुऔषधी प्रयोग नगरेकालाई पहिचान गरी उनीहरुलाई यसको प्रयोग गर्नबाट रोक्नुपर्छ । अर्कातर्फ लागुऔषधको कुलतमा फसेकाहरुको पहिचान गरी उचित उपचार गर्नु न्यूनीकरणको अर्को बाटो हो । त्यसैगरी सुधार केन्द्रको संख्या बढाएर उपचार दर बृद्धि गर्न जरुरी छ ।

Advertisement

सुधार केन्द्रपछि समाजमा पुस्र्थापना हुन सजिलो नहुँदा फेरीपनि त्यही बाटो अङ्गाल्ने गरेको कुँबर बताउँछन् । त्यसैले सरकार तथा समाजले यस्ता मानिसहरुलाई पुस्र्थापनाको लागि सहयोग गर्न आवश्यक छ । लागुऔषध बेचबिखनमा संलग्न हुनेलाई उचित कारवाही गरी सचेत बनाउनु लागुऔषध नियन्त्रणको अर्को पाटो हो । प्रहरीले यस्ता व्यक्तिहरुलाई समयमै पहिचान गरी सजाय दिने हो भने यसको न्युनिकरणमा धेरै नै सहयोग मिल्ने उनको भनाई छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top