उपमेयर कप विजेता टिमलाई विराटनगर महानगरले दियो ५ लाख

उपमेयर कप विजेता टिमलाई विराटनगर महानगरले दियो ५ लाख

१४ असार, विराटनगर ।
उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टिमलाई विराटनगर महानगरपालिकाले शनिबार नगदरसहित सम्मान गरेको छ । महानगरपालिकाले विराटनगरमा एक कार्यक्रम गरी काठमाडौंमा सम्पन्न महिला फुटबल प्रतियोगिता जित्ने विराटनगरको टिमलाई सम्मान गरेको हो ।

महानगरपालिकाको तर्फबाट मेयर भीम पराजुलीले महिला टिमले उपाधिसहित जितेको नगद ५ लाखमा महानगरको तर्फबाट ५ लाख रुपैयाँ थप गरी महिला टिमलाई बधाई तथा शुभकामना दिए । उनले उपाधि जितले विराटनगर खेलकुदप्रति सशक्त छ भन्ने सन्देश दिइएको बताए । पराजुलीले खेलकुद क्षेत्रको विकासका लागि महानगरपालिकाले नीति तथा कार्यक्रममा समेटेको बताए ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले महानगरले खेलकुद नगरपरिषद् गठन गरेर यसक्षेत्रको समग्र विकासका लागि काम थाल्ने तयारी गरेको बताए । क्रिकेट÷फुटबलतर्फ ५० जना महिला, पुरुषतर्फ एक एक सय जनालाई प्रशिक्षण दिइ दक्ष बनाउन आउने आर्थिक बर्षमा काम गर्ने उनले बताए ।

महिला टिमका म्यानेजर उद्धव अर्यालले निकै मेहनत गरेर विराटनगरको टिमले निकै मजबुत मानिएका टोलीलाई हराएर उपाधि जितेको सो अवसरमा अनुभव सुनाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.