प्रदेश सरकारले २५ किलोमिटर सडकलाई सडक सुशासन भित्र राख्ने

१४ असार,विराटनगर ।
प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सडक सुशासनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा शनिबार विराटनगरमा आयोजित सडक सुशासन तथा सुरक्षा बिषयक एकदिवसिय प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री कार्कीले प्रदेश सरकार गठन भएकै बेला सडक सुशासनलाई प्राथमिकतामा राखेर निति ल्याइएको बताउँदै सोहि अनुसार कार्यक्रम बनाएर बजेट बिनियोजन गरिएको बताए । उनले प्रदेश भित्र रहेको करीब १३ हजार किलोमिटर सडक सञ्जाल मध्ये पहिलो चरणमा ६२ किलोमिटर सडकलाई सडक सुशासन भित्र राख्नेगरि प्रक्रिया शुरु गरिसकिएको जानकारी दिए ।

Advertisement

मन्त्री कार्कीले महेन्द्र राजमार्गको कन्काई नदीदेखि मेची पुलसम्म र झुम्कादेखि बेलबारी सम्मको सडकलाई सडक सुशासन भित्र राख्नेगरि आवश्यक कार्य प्रारम्भ गरिसकिएको बताए । उनले झुम्कादेखि बेलबारी सम्मको २५ किलोमिटर सडकलाई सडक सुशासनभित्रको पहिलो नमुना सडककोरुपमा विकास गर्न लागिएको समेत जानकारी दिए ।

मन्त्री कार्कीले इलाम,धनकुटा र उदयपुरका सडकहरुलाई समेत सडक सुशासन भित्र राख्नेगरि प्रारम्भीक चरणको काम भइरहेको जानकारी दिए । उनले पछिल्लो १० बर्षभित्र दैविक विपत्ति लगायतका कारणभन्दापनि सडक दुर्घटनामा झण्डै दोब्बर संख्याका मानिसले ज्यान गुमाएका कारण सडकहरुलाई ब्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको प्रष्ट पारे ।

Advertisement

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख ठाकुर ज्ञवालीले सडक सुशासन कायमगर्न ट्राफिक प्रहरी एक्लैमात्र सम्भव नहुने बताउदै सरोकारवाला सबै पक्ष जिम्मेबार र अनुसाशित हुनुपर्ने बताए । कार्यक्रममा अन्य सहभागिले सडक संरचना, चालकको लापरवाही तथा सवारी साधन र सडकको अवस्थाका कारण ट्राफिक व्यवस्थापन चुुनौतीपूर्ण वन्दै गएको बताएका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top