राष्ट्रिय सभामा सरकारको वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय सभामा सरकारको वार्षिक प्रतिवेदन पेश

१५ असार, काठमाडौँ ।
सरकारको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ ।

राष्ट्रिय सभाको आईतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४÷०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको धारा ५३ बमोजिमले सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४÷०७५ को कार्य प्रगति विवरण उल्लेख गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.