×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

सरकारी कार्यालयमा स्तनपान कक्ष निर्माण

पाँचथर, माघ १३
पाँचथर जिल्लामा सरकारी कार्यालयमा पहिलो पटक स्तनपान कक्ष निर्माण गरिएको छ । सु–आहाराको सहयोगमा जिल्ला प्रशासन कार्यालय पाँचथरमा निर्माण गरिएको कक्षको शुक्रबार फिदिम नगरपालिकाको उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले शुभारम्भ गरे ।

स्तनपान कक्ष निर्माण पश्चात सेवा लिन आउने स्तनपान गराइरहेका महिलालाई स्तनपान गर्न सहज होस् भन्ने उद्देश्यले यो कक्षको निर्माण गरिएको सु–आहाराका पाँचथर जिल्ला संयोजक भरत शर्माले जानकारी दिए ।

Advertisement
Advertisement

यस कक्षमा सु–आहाराले बच्चाको लागि कोक्रो, खेलौना, पंखा, कार्पेट, पानी पिउने फिल्टर लगायतका सामग्री उपलब्ध गराएको छ । आगामी दिनमा यस कक्षको फिल्डमा खटिएका कर्मचारीले रेखदेख र संरक्षणको निम्ति काम गर्ने सु–आहारा पाँचथरले जनाएको छ ।

Advertisement
Advertisement

कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ,उपप्रमुख श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईं, नेकपा (एमाले)का जिल्ला सचिव तिवेन्द्रराज चापाँगाईं,नेपाली काँग्रेस जिल्ला सचिव रुपनारायण जवेगु, नेकपा (माओवादी केन्द्र)का मेदनी खत्री, संघीय समाजवादीको तर्फबाट विर्खबहादुर वाइबा, राप्रपा प्रजातान्त्रिकका तर्फबाट राजकुमार जोशी, नेकपा मालेका लयप्रसाद बास्कोटा, स–ुआहारा पाँचथरका प्रमुख शर्मा, नेपाल पत्रकार महासंघ पाँचथरकी निर्वतमान कोषाध्यक्ष बिमला ढकाल लगायतले बोल्नुभएको थियो ।
ेरासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top