भूमिहीनलाई लालपूर्जा दिन सांसदहरुको माग

१५ असार, काठमाडौँ ।
राष्ट्रिय सभाका सांसदहरुले भूमिहीनलाई लालपूर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा विभिन्न मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भैरवसुन्दर श्रेष्ठले भूमिहीनलाई लालपूर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालसँग माग गरे ।

Advertisement

सत्तारुढ नेकपाका सांसद समेत रहेका उनले गुठीको उचित व्यवस्थापन हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई ढिलाई नगर्न दवाव दिए । नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले भूमिहीनलाई जग्गा उपलब्ध गराउने काम अझै हुन नसकेको भन्दै सरकारको आलोचना गरे । उनले खानेपानी मन्त्रालयले अझै मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा कहिले ल्याउने भन्ने एकीन गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

सांसद दिलकुमारी रावल थापाले सहकारी संस्थालाई व्यवस्थित रुपमा परिचालन गर्न सरकारलाई सुझाव दिए । उनले सार्वजनिक जग्गालाई व्यवस्थापनका लागि सरकारले चालिरहेको कदम उचित रहेको पनि बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top