×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

काठमाडौँको कोरिडोर–अण्डरपास: जाम घटाउने उत्तम विकल्प

१५ असार २०७६

१५ असार, काठमाडौँ ।

केही महिना अघिसम्म काठमाडौँको मैतीदेवी–पुरानो बानेश्वर जोड्ने धाबी खोलामाथिको साँघुरो पुलमा दैनिक नै गाडी जाम हुँदा यात्रुलाई उदेक लाग्थ्यो । उक्त बाटो जाम हुने वित्तिकै छ तिरबाट आएका गाडी एकैचोटी रोकिन्थे । सामान्य अवस्थामा समेत यहाँ सडक जाम हुनु नौलो कुरा थिएन ।

Advertisement
Advertisement

बिदाको दिन बाहेक प्रायः बिहान ९ः०० देखि ११ः०० र साँझ ४ः०० देखि ६ः०० बजेको बीचमा अत्यधिक जाम हुन्थ्यो । गाडीको लाइन मैतिदेवी चोकदेखि पुरानो बानेश्वरसम्मै पुग्थ्यो । यहाँको असर काठमाडौँको मुख्य सडकसम्म आइपुग्थ्यो तर केही महिना भयो, यहाँ यात्रुले यति ठूलो सास्ती खेप्नु परेको छैन । प्रायः उक्त सडक प्रयोग गर्नुहुने शेखरचन्द्र राईलाई सो सडकमा ठूलो जामको समस्याले पिरोलेको छैन ।

‘अहिले धेरै सहज भएको छ, बाँकी कोरिडोर र अण्डरपास खोल्न सके उपत्यकाको जाम धेरै घट्छ’, राईले भने । यसरी जाम कम हुनुको मुख्य कारण हो कोरिडोर र अण्डरपास (पुल मुनीको सडक) सञ्चालन । धाबीखोला कोरिडोरको मैतीदेवी क्षेत्रको पुलमुनीको सडक सञ्चालन भएपछि भने यहाँको जाम हटेको छ । बानेश्वर पट्टीको अण्डरपास अझै खुल्न नसक्दा केही जाम बाँकी नै छ ।

सोही खोलाको रातो पुल, कालोपुल र भत्केको पुलमुनीका सडकसमेत सञ्चालनमा आएपछि भने साना सवारी साधान उक्त कोरिडोर हुँदै सहज रुपमा जान थालेका छन् । सबै क्षेत्र खुलाएर अण्डरपास गर्न सके जाम कम गर्न महत्वपूर्ण विकल्प हुने छ कोरिडोर । उपत्यकाका विभिन्न क्षेत्रका कोरिडोर सञ्चालनमा आएपछि भित्री सडक मात्रै होइन काठमार्डौँका मुख्य मार्गमा समेत जामको समस्या कम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तराज पन्तले बताए ।

महाशाखाकै अगुवाइमा अण्डरपास गर्ने र कोरिडोर खुलाउने काम भएको हो । सामान्य काम गर्दा पनि महत्वपूर्ण उपलब्धि हुन्छ भन्ने उदाहरण ट्राफिक प्रहरीले पेश गरेको छ । ठेक्कापट्टातर्फ लाग्दा प्रशासनिक झन्झटलगायतका कारणले कुनै काम शुरु गर्न नै दुई/तीन महीना लाग्ने तितो यथार्थ छ । यसलाई चिर्दै प्रहरीले स्थानीय तह तथा निजी कम्पनीको सहयोग लिएर तीन महीनाको अवधिमा उक्त काम गरेको हो ।

कतिपय बोलपत्र नै गर्नुपर्ने जस्ता काम समेत प्रहरीको अगुवाइमा विभिन्न सङ्घ संस्थाको सहयोगमा भएको छ । इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ भन्ने यो दरिलो प्रमाण हो । ‘रुख उखेल्नु पर्ने ठाउँमा पनि उखेल्यौँ, माटो, ढुङ्गा, गिटी हटाउने र थप्ने ठाउँमा पनि खटियौँ, महानगर, वडा कार्यालय, निजी कम्पनीको सहयोग लिग्यौँ, कतिले व्यक्तिगत रुपमा डोजरसमेत सहयोग गर्नुभयो, त्यसैले यो प्रगति हासिल भयो’, उक्त अभियानको अगुवाइ गर्नुहुने महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ शाहले अनुभव सुनाए ।

उनका अनुसार तीन महीने अभियानमा धेरै क्षेत्रका अण्डरपास र कोरिडोर खोलिएका र आगामी दिनमा बाँकी कामलाई अगाडि बढाइने छ । ‘ठेक्का पट्टाले समस्या होला भनेर ट्राफिकको दृष्टिकोणले बढी दबाब देखेपछि ठेक्काबिनै काम गर्न सकिन्छ भनेर लागेका हौँ’ उनले भने ।

कहाँ–कहाँ खोलियो कोरिडोर ?

ट्राफिक प्रहरीले २०७५ चैत २१ बाट सञ्चालन गरेको तीन महीने कार्ययोजनाको मुख्य लक्ष्य कोरिडोर सञ्चालन गर्ने थियो । उक्त अभियानमा दैनिक ३०० ट्राफिक प्रहरी खटिने गरेका महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार अहिलेसम्म विष्णुमति कोरिडोरको बसपार्कदेखि भ्याली कोल्ड स्टोर्ससम्मको सडक सञ्चालन भएको छ । यहाँको अतिक्रमण समेत हटाएर बसपार्क पुलको अण्डरपाससमेत खोलिएको छ ।

धोबिखोला कोरिडोरको गोपिकृष्ण पुलदेखि अनामनगर सडकको सेतोपुलको पारी (पुरानो बानेश्वर पट्टि) बाहेक सबै अण्डरपास सञ्चालन भएका छन् । बालकुमारी कोरिडोरको नरेफाँट–शङ्खमुल सडकको केही क्षेत्र खोलिएको छ । आगामी योजना भने विष्णुमति कोरिडोरको भ्याली स्टोर्सदेखि बल्खुसम्म, बालकुमारीका अन्य बाँकी क्षेत्रमा काम गर्ने योजना प्रहरीको छ ।

अण्डरपासका कारण कतिपय ठाउँमा ट्राफिक बसेर सवारी पास गर्नुपर्ने र पालो गरेर जानुपर्ने अवस्था नरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले बताए । ‘अब हामीले त्यो क्षेत्रमा पिच गर्नका लागि सम्बन्धी कार्यालयलाई अनुरोध गरेका छौंँ, त्यसपछि अझै सहज हुने छ’ उनले भने ।

उपत्यकामा झण्डै १२ लाख सवारी सञ्चालन हुन्छन् । अधिकांश निजी सवारी गुड्छन् । ट्राफिक जाम, धुलो, धुँवा प्रदूषण उपत्यकाको मुख्य समस्या हो । मापसे, तीव्र गति, चालकको लापरवाही, लेन मिच्ने, जथाभावी रोक्ने, हर्न बजाउने समस्या उपत्यकामा कायमै छ । पछिल्लो समय कारवाहीमा केही कडाइ गरेपनि पर्याप्त हुनसकेको छैन । लापरवाही बढ्दो छ । चिल्ला सडकमा हुने तीव्रगतिका कारण जीवन क्षति हुँदै आएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पहिलो कुरा हामी आफैँले आफैँलाई नियन्त्रण गर्नु जरुरी रहेकाले ढिलो हिंड्ने र छिटो पुग्नुपर्ने मानिसको बानीका कारण जामलाई जटिलता बनाएको बताए । उनले मानवीय रुपमा नभइ अब प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए ।

Advertisement

–नारायण ढुङ्गाना/रासस

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top