सीके राउतले मागे एक करोड बिरुवा

सीके राउतले मागे एक करोड बिरुवा

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक करोड बिरुवा मागेका छन् । प्रदेश २ का जिल्लाहरूमा वृक्षरोपण गर्न भन्दै उनले प्रधानमन्त्रीसँग निमका एक करोड बिरुवा मागेको जानकारी वन तथा वातावरण मन्त्रालय स्रोतले दिएको छ ।

‘राउतले बिरुवा माग गरेको जानकारी प्रधानमन्त्रीले हामीलाई दिनुभएको छ,’ स्रोतले भन्यो, ‘के कति बिरुवा व्यवस्थापन गर्न सकिन्छ, खोजिदिनुस् भनेर हामीलाई आग्रह गरिएको छ ।’

राउतको मागअनुसारको परिमाणमा बिरुवा उपलब्ध गराउन भने नसकिने मन्त्रालय र वन तथा भूसंरक्षण विभागले जनाएको छ । सरकारले आगामी आवमा देशभर अभियानमार्फत ५ करोड बिरुवा रोप्ने घोषणा गरेको छ । सरकारले बजेट वक्तव्यमार्फत आव २०७६/७७ लाई वृक्षरोपण वर्ष घोषणा गरेको छ । ,यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.