हिजाे मात्र काठमाडौँमा ७ करोडको दही बिक्री

काठमाडौं : उपत्यकामा एक दिनमै सात करोड रुपैयाँको दही बिक्री भएको छ। असार १५ मा धान दिवस मनाउने र दही चिउरा खाने चलन छ।

Advertisement

यसले गर्दा एक दिनमै दहीको कारोबार यति धेरै भएको हो । यो वर्ष असार १५ गते उपत्यकामा मात्रै ७ लाख लिटर दही बिक्री भएको छ। यसलाई पैसामा परिणत गर्दा ७ करोड मूल्यबराबरको कारोबार भएको देखिन्छ।

दहीको औसत मूल्य एक सय रुपैयाँ प्रतिलिटर छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)सहित निजी क्षेत्रको ३० वटा डेरीबाट उत्पादित यो परिणाममा दहीको कारोबार भएको हो।, यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top