कृषि प्रधान मुलुकमा वार्षिक २५ अर्बको चामल आयात !

कृषि प्रधान मुलुकमा वार्षिक २५ अर्बको चामल आयात !

काठमाडौँ : सरकारले एक दशकदेखि हरेक वर्ष असार १५ मा तामझामसाथ राष्ट्रिय धान दिवस मनाउँदै आएको छ। मुलुकको प्रमुख खाद्यान्न बाली भए पनि धान खेतीमा किसानलाई आकर्षित गर्न नसक्दा अपेक्षित रुपमा उत्पादन बढन सकेको छैन।

यसको प्रत्यक्ष असर मुलुकको डरलाग्दो आयातमा देखिएको छ। सरकारी तथ्यांक अनुसार अहिले नेपालमा वार्षिक करिब २५ अर्ब रुपैयाँको चामल आयात हुँदै आएको छ। सरकारले खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि अकासे पानीको भरमा धान खेती गर्नुपर्दा उत्पादन बढ्न सकेको छैन।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीका अनुसार धान उत्पादन बढ्न नसक्नुको मुख्य कारण सिँचाइ अभाव हो। ‘बाह्रैमास सिँचाइ हुने क्षेत्रफल करिब २७ प्रतिशतमात्र छ,’ सचिव जिसीले भने, ‘पर्याप्त सिँचाइको व्यवस्था भए धान उत्पादन बढ्छ।’ मुलुकभर १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ।

चालु आर्थिक वर्ष ०७५र७६ मा मौसम राम्रो भएको कारण ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। सरकारी अधिकारीले सिँचाइको व्यवस्था नभएको बताए पनि रासायनिक मल, उन्नत बीउबिजन, धान खेतीमा प्रविधिको प्रयोगले पनि उत्पादनमा प्रभाव पार्छ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.