दुई मन्त्रालयको तानातानमा समाज कल्याण परिषद्

दुई मन्त्रालयको तानातानमा समाज कल्याण परिषद्

काठमाडौं : समाज कल्याण परिषद् महिला मन्त्रालय वा गृहमन्त्रालय मध्ये कोसँग रहने भन्ने विवाद सुरु भएको छ । महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी परिषद्लाई आफू मातहत राख्न विधेयकको मस्यौदा तयार पारेको थियो ।

तर, गृह मन्त्रालयले सहमतिविपरित आफू मातहत ल्याउन अर्को विधेयक मस्यौदाको तयारी सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी विधेयक मस्यौदा बनाएको थियो । अहिले आएर गृहले फेरि सुटुक्क अर्को प्रक्रिया थालेपछि विवाद भएको समाचार सार रहेको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.