×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतः चुनौतीपूर्ण कार्य तोकिएकै समयमा सकियो

१६ असार २०७६

१६ असार, काठमाडौँ ।

तोकिएको समयमै काम सम्पन्न नहुने रोग नयाँ होइन । जतिसुकै ठूला परियोजना पनि विभिन्न बहानामा पर सार्ने, समय लगाउने र लागत बढाउने प्रवृत्तिले विकास निर्माणका लागि बाधक बन्दै आएको छ । गर्नुपर्ने निकायले काम नगर्ने र सरकारले कामै गरेन भन्ने आलोचना सहनुपर्ने बाध्यता उत्तिकै व्याप्त छ ।

Advertisement
Advertisement

जिम्मेवार निकायले इमान्दार भएर प्रयास ग¥यो भने कठिनभन्दा कठिन काम पनि तोकिएको समयमा पूरा हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत कार्यले ।

सरकारको सार्थक प्रयास तथा प्रधानमन्त्री स्वयम्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीसहित विशेष चासो तथा राष्ट्रिय आवश्यकताले विमानस्थल मर्मतको काम सकिएको छ । हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको एउटा सपनासमेत पूरा भएको छ ।

सरकारी निकायले ध्यान नदिँदा ठूला आयोजनामा रुग्ण बनिरहेका छन् । निर्माण व्यवसायीले पनि समय बढाउन पाए अनेक फाइदा हुन्छ भन्ने लालसा राख्ने गरेका छन् । निर्माणाधीन ठूला आयोजनाको हविगतले यही भन्छ र तथा तथ्य तथ्याङ्कले पनि त्यही देखाउँछ तर विमानस्थल मर्मतको काममा भने निराशाका कुरा सुन्नु परेन । एकाध दिन निर्माण सामग्रीको आयातमा समस्या देखिए पनि दृढ इच्छाशक्ति, नेपाल नागरिक उड्डयन प्राधिकरणको सचेत पहल तथा निर्माण व्यवसायीको मिहिनेतले काम तोकिएको समय अर्थात् ९० दिनमा नै पूरा भयो ।

नेपालको परिचय अन्तर्राष्ट्रियजगत्मा स्थापित गर्ने एक मात्र विमानस्थल धावनमार्गको स्तरोन्नति गर्ने काम निर्धारित समयमै सकिएको छ । विमानस्थलको मर्मतको काम सकिएपछि सोमबारदेखि नै २१ घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलले जनाएको छ ।

मर्मतको काम शुरु हुँदा निर्माण सामग्री उपलब्ध होला कि नहोला भन्ने चिन्ता पनि उत्तिकै थियो । निर्माण व्यवसायीले जटिल मानिएको सो काम पूरा गर्ला त भन्ने आशङ्का पनि त्यत्तिकै थियो । एक दिन पनि विमान उडान र अवतरण बन्द गर्ने अवस्था पनि थिएन । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडाका कारण पनि उडान र अवतरण रोकेर काम गर्ने स्थिति सरकारसँग पक्कै पनि थिएन । न त कुनै विकल्प नै थियो ।

मर्मतको काम बढीमा ९० दिनभित्र सकिने लक्ष्य निर्धारण गरिए पनि जटिल काम आफैँमा थियो नै । त्योभन्दा बढी काम शुरु भएपछि लगातार भइरहेको वर्षाका कारण पनि जटिलता उत्पन्न होला भन्ने चिन्ता व्याप्त थियो ।

काठमाडौँ क्रमशः निन्द्रामा मस्त निदाइरहेको बेला धावनमार्ग भने धमाधम भत्काइन्थ्यो । तीन सय नेपाली र चिनियाँ कामदार रातभर खट्थे, भत्काएको धावनमार्गमा निर्माण सामग्री हालिन्थो र कालोपत्र गरेर जस्ताको तस्तै बनाइन्थ्यो । बिहान ८ बजे विमानस्थल खुल्थ्यो, जहाजको उडान र अवतरण शुरु हुन्थ्यो ।

रातभर कहाँ काम गरियो भन्ने आम मानिसले खासै हेक्का पाउँदैनथे तर जटिल मानिएको तीन हजार ५० मिटर लामो धावनमार्ग मर्मतको काम तोकिएको समयमा नै पूरा गरेर काम नहुने प्रवृत्तिमा सुधार आएको उदाहरण प्रस्तुत भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री असाध्यै जटिल मानिएको धावनमार्गको मर्मत कार्य आज राति पूर्णरुपमा सम्पन्न हुने राससलाई जानकारी दिए ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किँदा जहाज उडान र अवतरणमा समस्या पर्दै आएको थियो । विशेषगरी वर्षायाममा बढी समस्या देखिन्थ्यो । मालिन्दो र टर्किस एयरलाइन्स दुर्घटनामा पर्दा लामो समयसम्म विमानस्थल बन्द भएको नमीठो उदाहरण सबैको दिमागमा परेकै थियो ।

चिनियाँ निर्माण कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेशनले सरकारको अपेक्षा र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर तोकिएको समयमा नै सम्पन्न गरेको छ । बाँकी रहेको छिट्फुट काम भने केही बाँकी रहे पनि त्यसलाई पनि छिट्टै सम्पन्न गरिनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पोखरेललाई पनि काम नसकिएका कि भन्ने उस्तै चिन्ता थियो । बीचमै केही गडबढी भइहाल्यो भने त मुलुकको प्रतिष्ठामा नै समस्या आउँछ । त्यसको जवाफ कसरी दिने भन्ने छटपटीले पोखरेललाई सताएको थियो ।

काम कसरी समयमै सम्पन्न गर्नुभयो त भन्ने जिज्ञासामा पोखरेल भन्छन्, “हामीले आवश्यकता र बाध्यतालाई केन्द्रमा राख्याँै । निर्माण व्यवसायीलाई सोहीअनुसार आग्रह ग¥यौँ । निर्माण सामग्रीको जोहो पनि त्यसरी नै ग¥यौँ । त्यसले हामीलाई जटिल काम समयमै सक्ने वातावरण बनायो ।”

धावनमार्गमा आवश्यकताअनुसार नयाँ कालोपत्र राखिएको छ । आयोजनाका निर्देशक भन्छन्, “तीन हजार मिटर लामो धावनमार्गमा आवश्यकताका आधारमा २० देखि २५ सेन्टिमिटर नयाँ पिच हालिएको छ ।”

निर्माण कम्पनीले मूल्यअभिवृद्धि करसहित रु चार अर्ब २७ करोडमा धावनमार्ग स्तरोन्नतिको जिम्मा लिएको थियो । मर्मत कार्यको प्राविधिक रेखदेखका लागि परामर्शदाता कोरियन कम्पनी योसिन इञ्जिनीयरिङ कर्पोरेशन कोरियाले जिम्मा लिएको थियो । धावनमार्ग मर्मतको काम कोटेश्वरतर्फको ‘जिरो टू’देखि शुरु गरिएको हो । प्राधिकरणका अनुसार एक हजार ६०० मिटरसम्म धावनमार्गमा अत्यन्तै बिग्रिएको थियो ।

विमानस्थल मर्मतमा पहिलो पटक ‘मेलिङ मेशिन’ प्रयोग भएको निर्देशक पोखरेल बताउनुहुन्छ । काम समयमै सकिँदा असाध्यै खुशी देखिनुभएका पोखरेलले भने, “ठूलो काम सम्पन्न भएको छ । बाँकी रहेका केही काम भने क्रमशः अगाडि बढाइनेछ ।”

सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो । काठमाडौँ निदाइरहेको बेला हरेक दिन ८० देखि १०० मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामग्री फालेर विभिन्न तहमा निर्माण सामग्री राखिन्थ्यो । राति भत्काइएको धावनमार्ग बिहान ८ बजे उडान तथा अवतरणका लागि जस्ताको तस्तै बनाइयो ।

गौचरनबाट शुरु भएको विमानस्थलको ७० वर्षे इतिहासमा निकै उतारचढाव पूर्ण अवस्था पनि व्यहो¥यो । सन् १९७५ मा स्तरीकरण गर्दै धावनमार्गलाई तीन हजार ५० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बनाएपछि उक्त विमानस्थलमा प्रायः सबै प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय विमान उडान र अवतरण गर्न थालिएको थियो । हाल यो विमानस्थलबाट १९ सिट क्षमताका साना देखि बोइङ–७७७ जस्ता ठूला विमान उडान अवतरण हुँदै आएका छन् ।

‘गोरखा भूकम्प’ले अन्य स्थानमा ठूलो क्षति पु¥याए पनि विमानस्थलमा खासै प्रभाव पारेन तर विमानस्थलका जानकार तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय परामर्शदाताले धावनमार्ग र ट्याक्सी वेका ‘पेभमेन्ट’ उप्काएर नयाँ प्रविधि प्रयोग गरी नयाँ कालोपत्र राखी मर्मत गर्न सुझाएका थिए । गत चैत १८ गतेदेखि शुरु गरिएको धावनमार्ग मर्मत आज राति सम्पन्न हुनेछ ।

Advertisement

विमानस्थलबाट हाल १०० भन्दा बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुने गरेका छन् । धावनमार्ग मर्मतको अवधिमा १५ प्रतिशत मात्रै उडान कटौती गरियो । जुन नगन्य जस्तै हो । धावनमार्गको मर्मतपछि सुरक्षित उडान अवतरणमा सहज हुनाका साथै विमान ‘होल्ड’ हुने समस्याको पनि अन्त्य हुने विश्वास लिइएको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसमेत राखेको सन्दर्भमा विमानस्थल २४सै घण्टा पूर्ण सञ्चालनमा आउनु देशकै लागि पनि सुखद खबर हो । यसले नेपालमा समयमा काम हुँदैन भन्ने आम सोचाइमा समेत परिवर्तन ल्याइदिएको छ । जुन नेपालका अन्य ठूला भौतिक पूर्वाधार निर्माणमा यही उदाहरण अनुकरण गर्ने हो भने ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा हुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।-रमेश लम्साल/रासस

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top