रानीपोखरीलाई साविकको रुपमा ल्याउन तीन हजार ट्रक कालो माटो चाहिने

रानीपोखरीलाई साविकको रुपमा ल्याउन तीन हजार ट्रक कालो माटो चाहिने

काठमाडौं : रानीपोखरीलाई साबिक रूपमा बनाउन कुल तीन हजार ट्रक कालो माटो आवश्यक पर्ने भएको छ । त्यति माटो पोखरीमा राखेपछि पानी दिगो रूपमा रहिरहन्छ भन्ने कामदारको बुझाइ छ ।

यहीअनुरूप द्रुत रूपमा पोखरी बनाउने कार्य भइरहेको छ । हालसम्म साँखु र भक्तपुरबाट ४० ट्रक कालो माटो ल्याइएको छ । भक्तपुर भाजु पोखरी उपभोक्ता समितिका अध्यक्षको अगुवाइमा ५७ जना डकर्मीले पोखरीको डिलमा पुरानै शैलीमा इँटाको गारो लगाउने काम गरिरहेका छन् ।

कालो माटो बिछ्याइसकेपछि ४० कामदार फेरि थपिँदैछन् । “कालो माटो बिछ्याइएपछि पानी लिकेज हुँदैन, वर्षात्कै पानीले पोखरी भरिन्छ”, अध्यक्ष डुमरु भन्नुहुन्छ ।

पोखरीको भित्री सतहमा अझै पानी छ, दुई फिट खन्दा पानी आउँछ यो पानीमाथि सतहमा तैरिन नसकेको मात्र हो, पोखरीमा थप पानी भरिएपछि पोखरी जस्ताको तस्तै पानीले भरिभराउ हुन्छ, कालो माटोले भरिएको पानी चुहेर जाँदैन ।

भक्तपुरमा भाजु पोखरीलाई दुरुस्त बनाएर ख्याति कमाएको यो उपभोक्ता समितिलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुर नगरपालिकासँग माग गरेर रानीपोखरी बनाउन लगाएको हो, पाटन लगनखेल छेउको न्हु पोखरी पनि यही समितिले बनाइरहेको छ । ,यो खबर आजको गोरखापत्र दैनिकले छापको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.