खेलकुद संघहरुबीच विवाद नहुने गरी दर्ता प्रक्रिया अघि बढाउन सुझाव

१७ असार ७६, बुधबार

१८ असार, काठमाडौँ ।
विज्ञहरुले राष्ट्रिय खेलकुद संघहरुको सिफारिसमा मात्रै प्रदेश र स्थानीय तहमा खेलकुदसम्बन्धि संस्थाहरु दर्ता गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन ।  पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलकुद संघहरुको सिफारिस विनानै प्रदेश र स्थानीय तहमा खेलकुद संघ दर्ता गरिए त्यसले ठूलो द्वन्द्व निम्त्याउनेतर्फ पनि सरकारलाई सचेत गराए ।

बुधबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै पूर्व युवा तथा खेलकुद मन्त्री पौडेलले विगतमा क्रिकेट संघ र तेक्वान्दो संघहरुबीच भएको द्वन्द्वलाई ध्यानमा राखेर पनि सरकारले खेलकुद संघहरुबीच विवाद नहुने गरी त्यसको दर्ता प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय खेलकुद संघहरुलाई राष्ट्रिय खेलकुद परिषद्बाट सम्बन्धन लिने कानुनी व्यवस्था अनिवार्य गर्न पनि सरकारलाई सुझाव दिए । अन्तराष्ट्रिय खेलकुदका नियम परिपालना गर्नुपर्ने राष्ट्रिय संघहरुलाई राष्ट्रिय खेलकुद परिषदमा आवद्ध गराउनुपर्ने पूर्व मन्त्री पौडेलको भनाई छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराज श्रेष्ठले प्रदेश र स्थानीय तहले जथाभावी खेलकुद संघहरु दर्ता गरे त्यसले मुलुकमा ठूलो द्वन्द्व निम्त्याउनेतर्फ सरकारलाई सचेत गराए । उनले राष्ट्रिय खेलकुद संघहरुको सिफारिसमा मात्रै प्रदेश र स्थानीय तहमा खेलकुद संघहरु दर्ता गरेर अघि बढ्दामात्रै खेलकुद क्षेत्रका संघहरुबीच द्धन्द्ध नहुने पनि सरकारलाई सुझाव दिए ।

Advertisement

बैठकमा बोल्दै वरिष्ठ अधिवक्ता ओम थपलियाले पनि राष्ट्रिय खेलकुद संघहरुलाई राष्ट्रिय खेलकुद परिषदबाट सम्बन्धन लिनुपर्ने व्यवस्था अन्तराष्ट्रिय रुपमा पनि प्रचलनमा आएकाले नेपालले पनि सोही अनुसार अघि बढन उपयुक्त हुने सुझाव दिए । उनले विगतमा ओलम्पिक कमिटीको विवाद समाधानका लागि गरिएको अभ्यासलाई हेर्ने हो भने पनि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका राष्ट्रिय खेलकुद संघहरुले राष्ट्रिय खेलकुद परिषदबाट सम्बन्धन लिन जरुरी रहेको बताए । वरिष्ठ अधिवक्ता थपलियाले नेपालमा राष्ट्रिय खेलकुद संघहरुबीचको विवाद अन्त्य गर्न पनि राष्ट्रिय खेलकुद संघहरुलाई राष्ट्रिय खेलकुद परिषदबाट अनिवार्य सम्बन्धन लिनुपर्ने तर्क पनि गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top