लिबियामा हवाइ आक्रमण : १ नेपालीसहित ४३ को मृत्यु, शव ल्याउनै मुस्किल

एजेन्सी, असार १९
लिबियाको राजधानी त्रिपोलीनजिकैको ताजोउरा डिटेन्सन सेन्टरमा बुधबार भएको हवाइ आक्रमणमा परी एब नेपालीको मृत्यु भएको छ । उक्त आक्रमणमा मारिने ४३ जनामध्ये नेपालका सन्तोष श्रेष्ठ पनि रहेको इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

Advertisement

अन्तर्रा्ष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले श्रेष्ठको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पुष्टी गरेको हो । आइओएमले दुई दिनअघि दूतावाससँग श्रेष्ठको ट्राभल डकुमेन्ट मागेको थियो। कुरियरबाट पठाउन ढिला हुने भएकाले दूतावासले आइओएमको कायरो कार्यालयमा उनको ट्राभल डकुमेन्ट पठाइदिएको थियो। तर उनी नेपाल फर्किन पाएनन्।

दूतावासका अनुसार आठ जना नेपालीलाई लिबियाबाट उद्धार गरेर टर्की हुँदै नेपाल पठाइएको छ । थप छ जना नेपाली त्रिपोलीको आप्रवासी संगठनको क्याम्पमा छन । जतिसक्दो चाँडो उनीहरूलाई नेपाल पठाउने प्रयास गरिरहेका छौ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । दुतावासका अनुसार गत दुई महिनामा २६ नेपालीलाई लिबियाबाट उद्धार गरेर नेपाल पठाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top