१९ असार, काठमाडौँ ।
सङ्घीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु तीन अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
नेपालस्थित जर्मनीको राजदूतावासका अनुसार उक्त सहायतासम्बन्धी सम्झौता पत्रमा नेपाल र जर्मनी सरकारबीच शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।