२० असार, काठमाडौं ।
शुक्रबार देशभरको मौसम सामान्यदेखि बदली रहेर केही भु–भागमा हल्का र पश्चिमी क्षेत्रतिर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको सूचना अनुसार देशको पश्चिम भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ ।
महाशाखाले भोली शनिबार भने मौसम सामान्य रहने तर केही ठाँउमा वर्षा र बदली रहने जनाएको छ ।