बुबा रिचार्ज लिन गएका बेला खुकुरी प्रहार गरी आमाको हत्या

सप्तरी : मादक पदार्थ सेवन गरिरहने एक युवकले बिहीबार अपरान्ह खुकुरी प्रहार गरी आमाको हत्या गरेका छन्। घरमा कोही नभएका बेला सप्तरीको सुरुङ्गा नगरपालिका १ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीले खुकुरी प्रहार गरी ६४ वर्षीय आमा धनमाया पुलामीको हत्या गरेका हुन्।

सुरुङ्गा नगरपालिका १ का निमित्त वडा अध्यक्ष इन्द्र आले मगरका अनुसार आमाको शवसँगै जंगबहादुर रक्ताम्य अवस्थामा भेटिएका थिए। उनले खुकुरी नचाउँदै बुवा र छिमेकीलाई मार्ने धम्की दिएपछि प्रहरीलाई खबर गरेको आलेको भनाइ छ।

बिहीबार दिउँसो धनमायाले मोबाइलमा रिचार्ज सकिएको भनेपछि उनका श्रीमान ६५ वर्षीय लोकबहादुर पुलामी बजार गएका थिए। उसै बेला छोराले आमाको हत्या गरेको लोकबहादुरले बताए।

Advertisement

खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडि तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा गहिरो चोट लागेको अवस्थामा धनमायाको शव फेला परेको इलाका प्रहरी कार्यालय भेडियाका इन्स्पेक्टर प्रकाश बस्नेतले जानकारी दिए।, यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top