प्रदेश १ को बजेट बहुमतले पारित

२१ असार, विराटनगर ।
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले असार १ गते सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट बहुमतले पारित भएको छ । केही दिनको छलफलपछि शुक्रबार बसेको प्रदेशसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।

प्रदेशसभा बैठकमा मन्त्री आङ्वोले पेस गर्नुभएको विनियोजन विधेयक अन्तरगत सबै मन्त्रालयहरुको भिन्ना भिन्नै शिर्षकमा छलफल भएको थियो । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद शिवनारायण गनगाईले बजेटमा प्रस्तुत गरिएको भैपरी आउने २ वटा शिर्षकमा एउटामा २ करोड र अर्काेमा एक अर्ब छुट्याइएको बजेट मध्ये २ करोडलाई घटाएर १ करोड बनाउन र एक अर्ब बजेटको भैपरि आउने शिर्षक हटाउन माग गर्दै कटौतिको प्रस्ताव पेस प्रस्ताव पेस गरेका थिए । उनले सो प्रस्ताव फिर्ता लिएनन् ।

जवाफमा आर्थिक मामिला तथा योजना मन्त्री आङ्वोले अर्थ मन्त्रालय जोगि बस्ने कुटी नभएको टिप्पणी गरे । प्रदेश सरकार हिजोको जिविस जस्तो नभएको टिप्पणी गर्दै उनले जननिर्वाचित राजनितिज्ञ बस्ने अड्डा भएकाले सरकारलाइ भैपरी आउ“दा र प्राथमिकता प्राप्त आयोजनामा बजेट अपुग हु“दा उक्त शिर्षकको बजेट उपयोग हुने बताए ।

Advertisement

प्रदेश एक सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ४२ अर्ब २० करोड बराबरको बजेट प्रस्तुत गरेको छ । बजेट पारित भएसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुलेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top