एजेन्सी,असार २१
हरर मुभि हेर्दा हेर्दै थाइल्याण्डमा एक जना व्यक्तिको मृत्यु भएको छ । हरर मुभि ‘एनाबेले रिटर्नस होम’ हेर्दाहेर्दै ब्रिटिसका बर्नार्ड च्यानिङ नाम गरेका ब्यक्तिको मृत्यु भएको हो ।
७७ वर्षीय बर्नार्ड थाइल्याण्डमा विदा मनाउन गएका थिए । उनले त्यहाँ ३ जुलाइमा जुन २८ मा रिलिज भएको फिल्म ‘एनाबेले रिटर्नस होम’ हेर्न गएका थिए । तर दुखद कुरा जब फिल्म सकियो र हलमा बत्ती बाल्दा ती पुरुष उनकै सिटमा मृत अवस्थामा देखिए ।
जब पुरुषको पल्लो सिटमा रहेकी महिलाले उनलाई मृत देखिन उनी कराइन र आपतकालिन सहयोगलाई बोलाइन् । तर ती पुरुष हलभित्रै मरिसकेका कारण उनको शव एम्बुलेन्समा राखेर लगियो ।
उनलाई सुरुमा मृत अवस्थामा देखेकी स्थानीय निवासी मामिरा फिन्ग्राटले घटनाबारे बोल्दै भनिन् “मान्छेहरु सबै चकित परेका थिए कि यो के भइरहेको छ भनेर, हलका स्टापहरु निकै सजग देखिन्थे, हामीलाई फोटो खिच्न मनाही गरिएको थियो ।”
एक प्रहरी अधिकारीले भनेका छन् “हामीलाई यसबारे साँझ ८ कजे मात्रै खबर आएको थियो, एक विदेशी मानिस कसरी हलमा ज्यान गुमाउन पुगे अहिले हामी सँग कुनै अनुसन्धान पुरा भइसकेको छैन्, यद्यपी डक्टर र प्रहरी अनुसन्धानले सबै खुल्ने छ ।” तर अहिले मृत्युको कारण भने पत्ता लागिसकेको छैन् ।









