आज देशका केही ठाउँमा वर्षाको सम्भावना, मनसुन सक्रिय हुन केही दिन लाग्ने

आज देशका केही ठाउँमा वर्षाको सम्भावना, मनसुन सक्रिय हुन केही दिन लाग्ने

२१ असार, काठमाडौं ।
नेपालमा मनसुन प्रवेश गरिसके पनि अझै पुर्ण सक्रिय हुन केही दिन लाग्ने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार न्यूनचापिय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेकोे हो ।

महाशाखाका मौसमविद् विभूति पौखरेलले मनसुन केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने बताए । मनसुन ट्र«स्ट भारतको मध्य भू–भागमै रहेको छ । उनले भने “उक्त ट्रस्ट विस्तारै नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्ने छ ।”

त्यस्तै जल तथा मौसम पूर्वनुमान महाशाखाले आज देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।आगामी तीन दिनको मौसम पूर्वनुमान जारी गर्दै महाशाखाले आइतबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार सोमबार देशैभरी आंशिकदेखि सामान्य बद्ली रही एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.