कांग्रेस बैठकमा एजेन्डा मात्र पेस, २७ गते छलफल हुने

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एजेण्डा मात्र पेश गरी सम्पन्न भएको छ । बैठकमा नियमावली मस्यौदा, संघीय संरचना अनुसारको संरचना निर्माण, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पुर्णता दिने, पहिलो चरणको जागरण अभियानको समीक्षा गर्ने, राष्ट्रिय राजनीतिको विकसित घटनाक्रम लगायत १४ वटा एजेण्डा माथि छलफल गरिने भएको छ ।

Advertisement

आइतवार साझ ढिलो गरी शुरु भएको बैठक अब २७ गते बस्ने भएको छ । हिजो अपरान्ह दुई बजे बोलाइएको बैठक पदाधिकारी बीच सहमति नहँुदा साँझ सात बजे मात्र शुरु भएको थियो । बैठकमा पार्टीको १४औं महाधिवेशनको मिति तय गर्ने बारे पदाधिकारी बीच विवाद रहेको छ ।

यो केन्द्रिय कार्यसमितिको चारवर्षे अवधि आउँदो फागुनमा सकिदैछ । विशेष परिस्थिति भन्दै एकवर्ष म्याद थप्न पाउने कांग्रेस विधानमै उल्लेख छ भने संविधानअनुसार कम्तिमा साढे पाँचवर्ष भित्र अधिवेशन गरिसक्नुपर्ने उल्लेख छ ।, यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईंले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top