एसीसी यू–१९ इस्टर्न रिजन : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

एजेन्सी,असार २३
नेपाल मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको । सोमबार भएको सेमिफाईनल खेलमा घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले उपाधिको लागि सिंगापुर र हङकङबीचको विजेतासँग खेल्ने छ । अहिले सिंगापुर र हङकङबीचको सेमिफाइनल खेल जारी छ ।

किनारारा ओभल क्रिकेट मैदानमा ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको सहजमा कप्तान रोहित कुमार पौडेलले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रन अविजित रहे । त्यस्तै भिम सार्कीले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।

नेपालले चौथो ओभरको पाचाँै बलमा ओपनर पवन सरार्फलाई १८ रनमा गुमाएको थियो । मोहम्मद खैरले विजय उन्नीबाट क्याच आउट गराउनु अघि १६ बलमा १ चौका र २ छक्का प्रहार गरे । रित गौतम ३ रनमै क्याच आउट भए । सिंगापुरविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका खडक बहादुर बोहरालाई मोहम्मद आमिरले शुन्यमा बोल्ड आउट गरे । मलेसियाका लागि मोम्मद खैरले २ र मोम्मद आमिरले १ विकेट हात पारे ।

Advertisement

त्यसअघि टस हारेर ब्याटिङ थालेको मलेसिया ४०.५ ओभरमा अल आउट हुँदै ८७ रनमा समेटियो । पहिलो ओभरको पाँचौ बलमा कमलसिंह ऐरीले स्लीपमा ओपनर अस्लाम खान मलिकलाई पवन सरार्फबाट शुन्यमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए ।दोस्रो विकेटका लागि मोहम्मद आमिर र वान अमीरुलले ३७ रनको साझेदारी गर्दै थोरै इनिङ उकासेका थिए ।

Advertisement

१२ औं ओभरको अन्तिम बलमा कुशल मल्लले सर्वाधिक रन बनाउने आमिरलाई २४ रनमा बोल्ड आउट गरे । उनले ३२ बलमा ३ चौका प्रहार गरे । सागर ढकालले १५ ओभरको दोस्रो बलमा विश्वरुवेन कुमारलाई आफैं क्याच लिदै ३ रनमा पेभिलिएन फर्काए । १७ ओभरको पहिलो बलमा सागरले ओेपनर वान इमीरुललाई ११ रनमा पेभिलिएन फकाएपछि मलेसिया संकटमा परेको थियो । उनले ४६ बललमा १ चौका प्रहार गरे ।

नेपालको कसिलो बलिङ सामु मलेसिया तल्लोक्रमका ब्याट्सम्यान पनि क्रिजमा टिकेर खेल्न सकेनन् । तनिस आरोह ७,हैकवाल मोहम्मद खैर १२ रनमा आउट भए । अहमद अकमल आलिफ ३६ बलमा १ चौका सहित १० रनमा रन आउट भए । नेपालका लागि स्पिनर सागर ढकालले १० ओभरमा ३ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिए ।

त्यस्तै कुशल मल्लले पनि ९ ओभरमा ५ मेडन सहित १३ रन खर्चेर २ विकेट लिए । तिलकराज भण्डारी,राशिद खान र कमल सिंह ऐरीको नाममा समान १ विकेट रह्यो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top