२५ असार, विराटनगर ।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा वर्षा भईरहेको छ । विराटनगर लगायत पुर्वमा सोमबारबाट सुरु भएको वर्षा पुर्णरुपमा रोकिएको छैन । अहिलेपनि वर्षा जारी छ ।
आज दिउँसो पनि देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली बदली भई देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आज राती देशको केही स्थानहरुमा भारि वर्षाको संभावना छ भने एक दुइ स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।मौसम पुर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म नै देशका विभिन्न ठाउँमा वर्षा जारी रहने छ ।
त्यस्तै आज वर्षाका कारण देशैभरका प्रमुख तथा मझौला नदीहरुमा बहाब बढ्दो क्रममा रहने भएपनि सर्तकता पार गर्ने सम्भावना न्युन रहेको र प्रदेश २ मा भने आकस्मिक बहावको संभावना रहेको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार भने कन्काई, कोसी, कमला, बागमती र नारायणी नदीहरु र आसपासका स–साना नदीहरुमा वर्षाका कारण सर्तकता तह पार गर्ने र प्रदेश १, प्रदेश ३ र गण्डकी प्रदेशका स–साना खाला नालाहरुमा पनि बहाव बढ्ने जनाईएको छ । बर्षाका कारण बाढी पहिरोको सम्भावना रहेकोले सर्तकता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।