२५ असार, विराटनगर ।
मनसुन सक्रिय भएसँगै मंगलबारदेखि परेको पानीका कारण विराटनगरका सडकहरु हिलाम्मे बनेका छन् । वर्षाका कारण अधिकांश स्थानमा पानी जमेर सडक हिलाम्ये भएको छ भने कतिपय ठाउँमा डुबानको सम्भावना छ । सडक हिलाम्ये भएपछी आवात जावतमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
अस्तव्यस्त विकास निर्माणका काम टुङ्गो नलाग्दा विराटनगर महानगबासीले हिलो र धुलोको समस्याबाट अहिले सम्म मुक्त हुन सकेका छैनन् । विराटनगरमा केहि क्षण पानि पर्दा मात्र पानि जमेर हिडि नसक्नु हुनेगरेको छ ।
