भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकपको फाइनलमा

एजेन्सी, असार २६
भारतलाई पराजित गर्दै न्युजिल्यान्डले एकदिवसीय क्रिकेट विश्वकप २०१९ को फाइनलमा स्थान पक्का गरेको छ । बुधबार म्यानचेस्टरमा सम्पन्न सेमिफाइनल खेलमा उपाधिको बलियो दाबेदार मानिएको भारतमाथि १८ रनको रोमान्चक जित निकाल्दै न्युजिल्यान्डले फाइनलमा स्थान पक्का गरेको हो ।

२ सय ४० रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम ओभरमा अलआउट हुनुअघि २ सय २१ रन बनायो । चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको भारतले तल्लोक्रममा राम्रो ब्याटिङ गरेपनि जित दर्ता गर्न सकेन । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत संकटमा परेको थियो ।

दोस्रो ओभरको तेस्रो बलमा म्याट हेनरीले ओपनर रोहित शर्मालाई विकेटकीपर टम लेथमबाट १ रनमा क्याच आउट गराए । तेस्रो ओभरको चौथो बलमा कप्तान विराटलाई टेन्ट बोल्टले १ रनमा एलवी डब्लू आउट गरे । लगत्तै म्याट हेनरीले विकेटकीपर लेथमबाट ओपनर के एल राहुललाई १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्डले खेलमा पकड जमाएको थियो ।

Advertisement

त्यस्तै १० औं ओभरको अन्तिम बलमा म्याट हेनरीले दिनेश कात्तिकलाई ६ रनमा क्याच आउट गराए । जेम्श निशमले उत्कृष्ट एक हातले क्याच आउट गराउनु अघि उनले २५ बलमा १ चौका प्रहार गरे । पाँचौ विकेटका लागि हार्दिक पान्ड्या र ऋषभ पन्तले ४७ रनको साझेदारी गर्दै केहि आसा देखाएका थिए । २३ औं ओभरको पाँचौ बलमा मिचेल सान्टनारले कोलिन डी ग्राण्ड होमबाट क्याच गराउँदै पन्तलाई ३२ रनमा आउट गरेपछि भारतको जितको सम्भावना झिनो मात्रै देखिएको छ । पन्तले ६२ बलमा ४ चौका प्रहार गरे । सान्टनारले नै हार्दिक पान्ड्यालाई ३१ ओभरको तेसो बलमा ३२ रनमा क्याच आउट भएपछि भारत ९२–६ को कमजोर अवस्थामा पुगेको थियो ।

सातौं विकेटका लागि महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाले १ सय १६ रनको साझेदारी गर्दै जितको संभावना कायमै राखेका थिए । तर बोल्टले ४८ ओभरको पाँचौ बलमा रविन्द्र जडेजालाई ७७ रनमा कप्तान केन विलियमसनबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेपछि भारतको जितको संभावना सकिएको थियो । जडेजाले ५९ बलमा समान ४ चौका र छक्का प्रहार गरेपछि खेलमा रोमान्चकता थपिएको थियो । महेन्द्र सिंह धोनीले ७२ बलमा १ चौका र छक्का सहित ५० रन जोडे ।

Advertisement

म्याट हेनरीले १० ओभरमा १ मेडन सहित ३७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ट्रन्ट बोल्टले पनि १० ओभरमा २मेडन सहित ४२ रन खर्चेर २ विकेट लिए । जेम्श निशमको नाममा १ विकेट रह्यो । मिचेल सान्टनारले १० ओभरमा २ मेडन सहित ३४ रन खर्चेर २ विकेट लिए । मंगलबार टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । आज त्यहिस्थितीबाट सुरु गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनायो ।

न्युजिल्यान्डका लागि अनुभवी ब्याट्सम्यान रोस टेलर ६७ रनबाट खेल्न सुरु गरेका उनी ४८ ओभरमा रन आउट हुँदै ७४ रनमा पेभिलिएन फर्किए । उनले ९० बलमा तीन चौका र १ छक्का प्रहार गरे । मिचेल सान्टनार ९ र टेन्ट बोल्टले ३ रन जोडे । म्याट हेनरी १ र टम लेथम १० रनमा आउट भए ।

मंगलबार बर्षाले खेल रद्ध हुनुअघि कप्तान केन विलियमसनले ६७ रनको योगदान दिए । ३६ औं ओभरको दोस्रो बलमा युजभेन्द्र चहलले रविन्द्र जडेजाबाट क्याच आउट गराउनु अघि विलियमसनले ९५ बलमा ६ चौका प्रहार गरे । न्युजिल्यान्डले चौथो ओभरको तेस्रो बलमा ओपनर मार्टिन गुप्टिललाई १ रनमा गुमाएको थियो । गुप्टिललाई जसप्रित बुमराहले कप्तान विराट कोहलीबाट क्याच आउट गराए । त्यस्तै हेनरी निकोलसले ५१ बलमा २ चौका सहित २८ रनको योगदान दिए । जेम्स निशम १२ र कोलिन डी ग्राडहोम १६ रनमा आउट भए ।

भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराह,,हार्दिक पान्ड्या,रविन्द्र जडेजा र युजभेन्द्र चहलले समान १ विकेट लिए ।न्युजिल्यान्डले अब उपाधिको लागि १४ जुलाईमा अष्ट्रेलिया र इंग्ल्यान्डबीचको सेमिफाइनलको विजेतासँग खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top