NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

द्वन्द्वकालीन आयोगले ऐन संशोधन भए अवधि थपको पत्र पठाउने

मङ्लबार माघ १६ , २०७४
Reading Time: 1 min read
A A
द्वन्द्वकालीन आयोगले ऐन संशोधन भए अवधि थपको पत्र पठाउने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, माघ १६
द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन संशोधन नभएका कारण समयावधि थपका लागि सरकारलाई औपचारिक रुपमा पत्र पठाएका छैनन् ।

सरकारले अध्यादेशमार्फत दुवै आयोगको एक वर्ष समय थप्न सकिने गरी कानून संशोधन गरे पनि सर्वाेच्च अदालतले २०७१ फागुन १४ गते जारी गरेको आदेशानुसार ऐन संशोधन नगरी समयावधि मात्र थप्नाको औचित्य नभएको जनाउँदै दुवै आयोगले म्याद थपको पत्र पठाएका छैनन् ।

दुवै आयोगको यही माघ २६ गते समयावधि सकिन लागेको हुँदा अध्यादेशमार्फत एक वर्ष थप्न सकिने गरी सरकारले यही माघ ५ गते ऐन संशोधन गरेको छ । अध्यादेशमा भनिएको छ, “थप गरिएको अवधिभित्र समेत आयोगले आफ्नो काम सम्पन्न गर्न नसकेका कारण खुलाई म्याद थप गर्न माग गरेमा नेपाल सरकारले आयोगको कार्यावधि एक वर्षसम्मका लागि थप गर्न सक्नेछ ।”

LS Auto

अध्यायादेशानुसार दुई आयोगको एक वर्ष समयावधि स्वतः थपिएको छैन । दुवै आयोगले तीन वर्षभित्र गर्नुपर्ने काम किन सम्पन्न गर्न नसकेको भन्ने कारण खुलाई सरकारलाई लिखित रुपमा समयावधि थपको पत्र पठाउनुपर्ने हुन्छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता प्रा डा विष्णुप्रसाद पाठकले सरकारले ऐन संशोधन, दक्ष जनशक्ति, स्रोत, साधनको उचित व्यवस्था नगरेसम्म एक वर्ष म्याद थप गर्नुको कुनै औचित्य नभएको बताए ।

अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त गर्ने गरी ऐन संशोधन, आवश्यक दक्ष जनशक्ति, स्रोत साधन नै नभएपछि समय थप गरेर मात्र के गर्नू ? पहिलो मुख्य कुरा ऐन संशोधन गर्न दल सहमत हुनु जरुरी छ, अनि मात्र म्याद थपका लागि सरकारलाई पत्र पठाउँछौँ”, उनले थपे ।

आयोगमा बेपत्ता परिवारका आफन्तले न्याय पाउने आशामा दुई हजार ८८८ उजुरी दर्ता गराएका छन् । आयोगले बेपत्ता परिवारको छानबिनका लागि आफन्तसँग बयान लिने कामसमेत शुरु गरिसकेको छ ।

त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झाका अनुसार पनि सर्वाेच्च अदालतले २०७१ फागुन १४ गते गरेको फैसलानुसार ऐन संशोधन नगरेसम्म म्याद थपका लागि सरकारलाई पत्र पठाउनाको औचित्य छैन ।

“अन्तर्राष्ट्रिय रुपमा द्वन्द्वकालीन आयोगलाई मान्यता दिने गरी ऐन संशोधन गर्न जरुरी छ, अन्तर्राष्ट्रिय निकायले मान्यता नदिएसम्म, सहयोग र सहकार्य गरेसम्म आयोगले काम गरेको अर्थ हुँदैन, राजनीतिक रुपमै सहमतिबाट ऐन संशोधन जरुरी छ”, उनले भने ।

उनले दलहरुबीच ऐन संशोधन गर्ने सहमति भएपछि मात्र सरकारलाई अवधि थपका लागि पत्र पठाइने उल्लेख गरे आयोगमा ५८ हजार ५२ उजुरी दर्ता भएका छन् । सातै प्रदेशमा खडा गरिएको मुकाममा एक एक हजार उजुरीको छानविन भइरहेको छ ।

दुई आयोगमार्फत सत्यतथ्य पत्ता लगाउने काम हुँदै गर्दा द्वन्द्वपीडितलाई सरकारले दुई पटक गरी रु पाँच पाँच लाख राहतस्वरुप उपलब्ध गराइसके पनि सत्य तथ्य पत्ता लगाएर पीडितले न्याय पाउने आशा बाँकी नै छ ।

सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको १० वर्ष बितिसक्दा पनि पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् । द्वन्द्वकालीन मुद्दा हेर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग २०७१ माघ २६ गते गठन गरेको थियो ।

द्वन्द्वकालीन घटनाको सत्यतथ्य खोजी दोषीलाई कारवाही र पीडितलाई न्याय दिन संविधानानुसार दुई वर्षका लागि दुई आयोग गठन गरिएको थियो ।

त्यो समय सकिएर पनि आयोगको पुनः एक वर्ष समयावधि थप्न सकिने संवैधानिक व्यवस्थानुसार समयावधि थप गरिएको थियो । सो समय पनि यही माघ २६ गते सकिँदैछ तर आयोगले काम नसकेको हुनाले सरकारले एक वर्ष समयावधि थप गर्न सक्ने गरी ऐन संशोधन गरेको छ ।

आयोगको कार्यशैली पीडितलाई न्याय दिनेखालको नभएको उल्लेख गर्दै जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईंले आयोगको म्याद थप्नाको कुनै औचित्य नभएको र पीडितलाई न्याय दिने गरी आयोगले काम गर्न नसक्ने ठम्याइ छ ।

द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले आयोगको कामको मूल्यांकन नगरी सरकारले अवधि थप्ने निर्णय गर्नु पीडितको भावना विपरीत हुने बताउँछन् । दुवै आयोग सरकारले ऐन संशोधन गरेमा मात्र दलहरुको सहमतिबाट समयावधि थपको पत्र पठाउने तयारीमा छन् ।
रासस

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.