विश्वकप क्रिकेट : फाइनल प्रवेशका लागि इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

एजेन्सी, असार २६
एकदिवसिय विश्वकप क्रिकेट २०१९ को दोस्रो सेमिफाइनलमा आज घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै छन् । द्ुई देशबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ पछि बर्मीङघममा सुरु हुने छ ।

आजको विजेता टोलीले फाइनलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । बुधबार भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा स्थान पक्का गरिसकेको छ । प्रतियोगिताको फाईनल खेल जुलाई १४ मा हुनेछ ।

लिग चरणको खेलमा इंग्ल्यान्ड अष्ट्रेलियासँग ६४ रनले पराजित भएको थियो । अष्ट्रेलिया दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । अष्ट्रेलियाले पाँच पटक विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलिया साविक विजेता टोली हो । यता इंग्ल्यान्ड भने पहिलो पटक उपाधि जित्ने धुनमा छ । इंग्ल्यान्ड सन् १९९२ को फाइनलमा पाकिस्तानसँग २२ रनले हारेदेखी फाइनलमा पुग्न सकेको छैन । अष्ट्रेलिया लगातार र इंग्ल्यान्ड २७ वर्षपछि फाइनलमा पुग्ने धुनमा छन् । इंग्ल्यान्डको लागि जारी जो रुट, बेन स्टोक्स र जोफ्रा आर्चर प्रमुख खेलाडी हुन् । इंग्ल्यान्डले आजको खेलमा मोइन अलीलाई मौका दिन सक्छ । कप्तान ओइन मोर्गनले अफगानिस्तानको खेलमा विष्फोटक शतक प्रहार गरेयता ठूलो इनिङ खेल्न सकेका छैनन् । इंग्ल्यान्ड मोर्गनको ठूलो इनिङको पर्खाईमा छ ।

Advertisement

यता अष्ट्रेलिया चोटले ग्रस्त छ । उसका उसमान खवाजा र शन मार्श चोटका कारण बाहिरिएका छन् । शन मार्शको स्थानमा आएका विकेटकीपर पिटर हेन्डस्कम्बले आजको खेल खेल्ने निश्चित छ । मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेल पूर्णरुपमा फिट नहुँदा आजको खेलमा खेल्ने नखेल्ने अन्यौल छ । अष्ट्रेलियाका लागि जारी विश्वकपमा २६ विकेट लिएका मिचेल स्टार्क प्रमुख हतियार हुन् । त्यस्तै उत्कृष्ट प्रर्दशन गरि रहेका डेविड वार्नर र आरोन फिन्चको प्रर्दशन पनि महत्वपूर्ण हुने छ ।

इंग्ल्यान्ड र अष्ट्रेलियाबीच विश्वकपमा ८ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड २ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । यी दुईदेशबीच १ सय ४८ वान डे खेलमा इंग्ल्यान्ड ६१ खेलमा विजयी हुँदा ८२ खेलमा पराजित भएको छ। ५ खेलको नतिजा बिहीन छ । आज खेल हुने मैदान ब्याटिङ उपयोगि हुँदा टसको नजिताले ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top