विप्लव समूहका दुई जिल्लास्तरका नेता पक्राउ

विप्लव समूहका दुई जिल्लास्तरका नेता पक्राउ

२६ असार, परासी ।

पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रमचन्द (विप्लव) समूहकादुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई विहीबार बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुवै आगो लगाएको सङ्गठित अपराध मुद्दामा फरार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । रामग्राम–१० नदवा बस्ने वर्ष ५७ का अन्सारीलाई बिहान घरबाटै पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको उनले बताए ।

यसअघि विप्लव समूहकै जिल्ला सदस्य तथा उक्त समूहको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) नवलपरासीकी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.