राष्ट्रपतिदेखि सेनानीसम्म यस्तो छ नयाँ मर्यादाक्रम

१६ माघ ७४, बुधबार

सरकारले संघीय शासन लागू भएपछि स्थापित संघ, प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई समेटेर नयाँ मर्यादाक्रम तोकेको छ। पुरानो मर्यादाक्रम खारेज गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले संघीय शासनअनुरूप नयाँ मर्यादाक्रम निर्धारण गरेको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

मर्यादाक्रमममा राष्ष्ट्रपतिदेखि गाउँपालिका उपाध्यक्षसम्म समेटिएको छ। नयाँ शासकीय स्वरूपमा आएका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशमन्त्री, महानगरपालिकाका प्रमुख–उप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षसहितको मर्यादाक्रम निर्धारण गरिएको हो। मर्यादाक्रममा ३४ नम्बरसम्म छ।

सरकारले लागू गरेको नयाँ मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति छन् भने सबैभन्दा तल ३४ नम्बरमा नेपाली सेनाका सहायक सेनानी छन्। दोस्रो नम्बरमा उपराष्ट्रपति र तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायधीश, पाँचौंमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ।

Advertisement

यस्तै छैटौं नम्बरमा पूर्वराष्ट्रपति र उपप्रधानमन्त्रीलाई राखिएको छ। प्रदेशमा राष्ट्रपति सरहको भूमिकामा रहने प्रदेश प्रमुखलाई मर्यादाक्रमको सातौं स्थानमा राखिएको छ। आठौं स्थानमा पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई राखिएको छ। प्रदेशको मुख्यमन्त्री र पूर्वप्रधानन्यायाधीश, संसद्का पूर्वसभामुख पूर्वअध्यक्ष मर्यादाक्रमको नवौं स्थानमा परेका छन्।

शुक्रबारको मन्त्रिपरिषद बैठकमा केही मन्त्रीले प्रदेश प्रमुख र पूर्वउपराष्ट्रपति तथा पूर्वप्रधानमन्त्रीलाई एकै मर्यादाक्रममा राख्नुपर्ने सुझाव दिए पछि सातौं र आठौं मर्यादाक्रमलाई भने मर्ज हुन सक्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top