सप्तकोसीको बाढी खतराको तहभन्दा माथि ,आइतबारसम्मै ‘अति उच्च सावधानी’ जरुरी

सप्तकोसीको बाढी खतराको तहभन्दा माथि ,आइतबारसम्मै ‘अति उच्च सावधानी’ जरुरी

२८ असार, काठमाडौं ।
अविरल वर्षाका कारण आएको बाढीले सप्तकोसी नदीमा खतरा तह पार गरेको छ । सप्तकोसीमा बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको छ । पानीको निकासका लागि ३० वटा ढोका खोलिएको छ ।

खतराको तह पार गरेपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने सजग रहन भन्दै सबै क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् सूचना पठाइएको छ ।मौसमविज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको औंल्याएको छ । सो क्षेत्रमा आइतबारसम्मै ‘अति उच्च सावधानी’ जरुरी रहेको केन्द्रले बताएको छ ।

बाढी सूचना केन्द्रका अनुसार सप्तकोसीको चतरा, सुनकोसी नदीको हम्पाचौर, तमोर नदीको त्रिवेणी र वागमती नदीको राई गाउा केन्द्रमा बाढीले खतराको तह पार गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.