कमला नदीमा फसेका ९ जनाको सकुशल उद्धार

कमला नदीमा फसेका ९ जनाको सकुशल उद्धार

२८ असार, महात्तरी  ।
शसस्त्र प्रहरीले महोत्तरीको कमला नदीमा फसेका ९ जनाको शकुसल उद्धार गरेको छ । शसस्त्र प्रहरीको महोत्तरी–२ नम्बर बाहिनीबाट परिचालित क्षेत्रिय विपद् व्यवस्थापन टिमले शनिबार विहान धनुषाको शहिद नगरपालिका बत्राईमा फसेका ९ जनालाई सकुशल उद्धार गरेको हो ।

टोलीले शहिद नगरपालिका बत्राईस्थित कमला खोलाको बगरमा झुप्रा घरमा फसेका ५ जना र कमलामाई नगरपालिका ७, हसमुढा सखलास्थित कमला नदी बीचमा फसेका ४ जना गरी ९ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ । टोलीले महोत्तरी बर्दिबास नगरपालिका १ बजार क्षेत्र स्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डमा कटान गरेकोमा पानीलाई पूर्ववत फर्काई कटान नियन्त्रण पनि गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.