×

NEPAL TIMES UPDATES

Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026

सङ्ग्रहालयलाई पुरातात्विक सामग्री

१७ माघ २०७४

तेह्रथुम, माघ १७
तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजारमा स्थापना भएको पर्यटन सूचना केन्द्र र सङ्ग्रहालयलाई स्थानीय एक युवा क्लबले पुरातात्विक सामग्री हस्तान्तरण गरेको छ ।

चैनपुर नगरपालिका–१ स्थित प्रि–म्युजिक युथ क्लब, पहिरेले तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित सङ्ग्रहालयका लागि ऐतिहासिक तथा पुरातात्विक सामग्री हस्तान्तरण गरेको हो । क्लबले सङ्ग्रहालयलाई ढोल, सारङ्गी, टुङना, झ्याम्टा, ढाल, तरबार लगायतका सामग्री हस्तान्तरण गरेको टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका सचिव सन्तोष लिम्बूले जानकारी दिए ।

Advertisement
Advertisement

टिएमजे क्षेत्रका सबै सूचना एकै ठाउँबाट प्रवाह गर्न हालै यहाँका युवाले पर्यटन सूचना केन्द्र तथा ऐतिहासिक वस्तुहरु सम्मिलित सङ्ग्रहालय सञ्चालनमा ल्याएका छन् । गुफाबजारमा सञ्चालित सङ्ग्रहालयमा स्थानीय लोपोन्मुख उत्पादन, सामग्री र टिएमजे क्षेत्रका आकर्षण एकै ठाउँमा हेर्न मिल्ने सजाइएको छ ।

Advertisement
Advertisement

टिएमजे क्षेत्रमा पाइने सबै प्रकारका गुराँस, सूर्याेदयको दृश्य, कञ्चनजंघा र मकालु हिमाल, गुफापोखरी, यहाँका महत्वपूर्ण स्थल, यो क्षेत्रको लोपोन्मुख कला, संस्कृति झल्कने तस्बीर, लोकसंस्कृतिसँग जोडिएका लोपोन्मुख बाजा, प्रविधिले विस्थापित गरेका ढिकी, जाँतो, लेकाली गोठमा प्रयोग हुने काठको हर्पे, डाडु, पन्यूँ, पेरुंगो, ठेकी, विनायो, मादल, च्याब्रुङलगायत वस्तुहरु राखिएका छन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top