सप्तकोशी नदीमा पानीको बहाव तीन लाख क्यूसेक नाघ्यो : ढोका बन्द गर्न भारतको दबाव

२८ असार ७६, शनिबार
Share this
737shares

२८ असार, विराटनगर ।
लगातार पारेको पानीका कारण विहार जलमग्न भएपछि भारतले सप्तकोसीका ढोका बन्द गर्न दबाब दिएको छ । बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए।

Advertisement

पानीको वहाव बढेपछि अहिले ५६ मध्ये ४१ ढोका खोलिएको छ ।। कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालका अनुसार एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिन्छ । शनिबार साँझ सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ७ हजार ६५५ क्यूसेक पुगेको हो।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोसीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top