डोल्पा : डोल्पाको तल्लो भेगमा पर्ने मुड्केचुला गाउँपालिका-१ मा औलमा पर्ने काचिला खोलामा बाढी आउँदा १० जना सम्पर्कविहीन भएका छन् भने १ जनाको शव भेटिएको छ।
मुड्केचुला गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पर्ने कालिका क्षेत्रमा बाढीले बगाएर वडा नम्बर १ का ४३ वर्षीय धनराज बोहोराको मृत्यु भएको हो । मड्केचुलाका लँकबहादुर रोकायाका अनुसार कालिकाको काशिल खोलाको बाढीले यस्तो घटना भएको हो ।