सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी,४१ ढोका खोलिए

सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी,४१ ढोका खोलिए

२९ असार, काठमाडौं । 
भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ।कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

अहिले ५६ मध्ये ४१ ढोका खोलिएको छ। खतराको तह पार गरेपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने सजग रहन भन्दै सबै क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत् सूचना पठाइएको छ ।मौसमविज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको औंल्याएको छ । सो क्षेत्रमा आइतबारसम्मै ‘अति उच्च सावधानी’ जरुरी रहेको केन्द्रले बताएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.