महिलाविरुद्ध हुने भेदभाव उन्मूलनका विषयमा विराटनगरमा छलफल

महिलाविरुद्ध हुने भेदभाव उन्मूलनका विषयमा विराटनगरमा छलफल

२९ असार, विराटनगर ।
महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) सम्बन्धि एकदिने प्रदेशस्तरिय गोष्ठी विराटनगरमा सम्पन्न भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आयोजना गरेको कार्यक्रमको प्रदेश एकका प्रमुख डाक्टर गोबिन्दबहादुर तुम्बाहाङले उद्घाटन गरे ।

कार्यक्रमका सहभागि वक्ताले नेपाल महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिको पक्ष राष्ट्र रहेपनि ब्यवहारिकरुमा भेदभाव अन्त हुन नसकेको विचार ब्यक्त गरेका थिए । उनिहरुले महिलाहरुसंंग कुनै प्रकारको भेदभाव गर्न नपाईने नितिनियम रहेपनि समाजमा ब्याप्त पितृसत्तात्मक सोचका कारण महिलाहरुले भेदभाव सहनु परेको बताएका थिए ।

प्रदेश प्रमुख डाक्टर तुम्बाहाङले विभिन्न धर्म सम्बद्ध ग्रन्थहरुले समेत महिलाहरुलाई उच्च सम्मान दिएको उल्लेख गदै महिलासंग हुने भेदभाव अन्तगर्न सबै पक्ष जिम्मेबार हुनुपर्ने विचार ब्यक्त गरे । कार्यक्रमका अन्य वक्ताहरुले नेपाल पक्ष राष्ट्र रहेको सिड महासन्धिलाई ब्यवहारिकरुपमा कार्यान्वयन गर्न राज्य पक्ष थप जिम्मेबार हुनुपर्ने जोड दिएका थिए ।

कार्यक्रममा झापा,मोरङ,सुनसरी र इलामका विभिन्न जातिय संस्थाका प्रतिनिधि,आदिवासी जनजाति महासंघका पदाधिकारी र प्रतिनिधि लगायतको सहभागिता थियो । गोष्ठीबाट संकलित सुझावहरुलाई आगामी छाँया प्रतिवेदनमा समावेश गरिने आयोजक संस्थाकी तराई उपाध्यक्ष लखी गन्गाईले जानकारी दिइन् । नेपाल सरकारले सिड महासन्धिमा सन १९९१ मा हस्ताक्षर गरेको जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.