विराटनगर महानगरका विद्यालय ३ दिन विदा

विराटनगर महानगरका विद्यालय ३ दिन विदा

२९ असार, विराटनगर ।
विराटनगर महानगरपालिका भित्रका सरकारी विद्यालयमा ३ दिन विदा हुने भएको छ । महानगरले आईतबार सुचना जारी गर्दै अविरल वर्षाका कारण मौसम प्रतिकुल भई पठन पाठनमा समस्या आएकोले ३१ गतेसम्म विद्यालय विदा गर्ने निर्णय गरेको हो ।

महानगरपालिकाले आउँदो वर्षे विदामा समायोजन हुने गरी असार २९ गतेदेखि साउन १७ गतेसम्मका लागि विदा दिएको जनाएको छ । प्याब्सन बिराटनगरले पनि मौसमको प्रतिकुलतालाई मध्यनजर गर्दै निजी स्कुलहरु केही दिन विदा दिन सकिने जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.